श्रावण १० गते २०८३
09:38: AM
श्रावण १० गते २०८३
09:38: AM

पाथीभरामा एक महिनामा २९ लाखभन्दा बढी भेटी संकलन

माघ २ गते २०८१
7:55 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक महिनामा २९ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरा दर्शन गर्न आउँने भक्तजनहरुले भेटीको रुपमा चढाएको नगदलाई संकलन गरिएको सार्वजनिक गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पुस महिनामा जम्मा २९ लाख २५ हजार रुपैयाँ भेटीघाटी रकम संकलन भएको छ । पुष महिनामा पाथीभरा दर्शन गर्ने ६ हजार ४२७ जना दर्शनार्थी पाथीभरा धाममा पुगेर पूजापाठ गरेको थियो । संकलन भएको जम्मा भेटीरकम नेपाल बैंकको खातामा विभिन्न मितिमा जम्मा गरिएको छ ।
पुस महिनामा दर्शनार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ । पाथीभरा धार्मिक आस्थाको केन्द्रका रूपमा मात्र नभई आर्थिक गतिविधिका लागि पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । पाथीभरा क्षेत्र विकास समितिले दर्शनार्थीहरूले चढाएको भेटीघाटी रकम पारदर्शी रूपमा सार्वजनिक गर्दैै आएको छ ।
समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा पुग्न पुग्न काफ्ले पाटी सम्म सहजरुपमा यातायात पुग्न सक्छ भने, पाँच किलो मिटर पदमार्ग प्रयोग गर्नु पर्दछ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo