वैशाख १० गते २०८३
09:50: AM
वैशाख १० गते २०८३
09:50: AM

सिदिङ्वा–७ मा वडा कार्यालय, स्वास्थ्य चौकी र बर्थिङ केन्द्र उद्घाटन

पौष २५ गते २०८२
8:46 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ७ सुरुमखिममा नव–निर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनसहित बर्थिङ केन्द्रको उद्घाटन गरिएको छ। शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच उक्त भवनहरूको समुद्घाटन सम्पन्न भएको हो।

नव–निर्मित संरचनासँगै वडा कार्यालयबाट प्रदान गरिने सेवा थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ भने स्वास्थ्य चौकी र बर्थिङ केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवा आफ्नै वडामा सहज रूपमा प्राप्त गर्नेछन्। विशेषगरी गर्भवती महिला तथा सुत्केरी आमाहरूका लागि बर्थिङ केन्द्र उपयोगी हुने विश्वास गरिएको छ।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले पूर्वाधार विकासले सेवाप्रवाहमा गुणस्तरीय सुधार ल्याउने बताउँदै आगामी दिनमा जनताको आवश्यकतालाई ध्यानमा राखेर थप सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo