भाद्र ३० गते २०८३
09:04: AM
भाद्र ३० गते २०८३
09:04: AM

आफ्नो पारिश्रमिकबाट फक्ताङ्लुङले बाढीपीडितका लागि २६ लाख बढी सहयो गर्ने

भाद्र ३० गते २०८३
7:57 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले आफ्नो तलब, सेवासुविधा तथा पारिश्रमिकबाट रकम कटाएर रसुवाको भोटेकोशी बाढीपीडितका लागि २६ लाख रुपियाँभन्दा बढी सहयोग जुटाएका छन् ।

गाउँपालिकाले बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कुल २६ लाख १५ हजार ७४२ रुपियाँ सङ्कलन गरेको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार सङ्कलित रकममध्ये जनप्रतिनिधिबाट दुई लाख ३४ हजार २५० रुपियाँ, गाउँपालिकामा कार्यरत कर्मचारीबाट छ लाख ४८ हजार ५३२ रुपियाँ तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट १७ लाख ३२ हजार ९६० रुपियाँ रहेको छ ।

गएको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले भोटेकोशी बाढी तथा देशका विभिन्न स्थानमा भएका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीबाट रकम सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत विभिन्न जिल्लाका विपद्पीडित नागरिकलाई सहयोग गर्ने निर्णयअनुसार रकम जुटाइएको उल्लेख छ ।

अध्यक्ष लिम्बूले सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको तथा पाँच हजारभन्दा बढी बेपत्ता भएको जनाइएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo