ताप्लेजुङ युके युवा समाज बेलायतले मिर्गौला र क्यान्सर रोगीलाई तीन जनालाई आर्थिक सहयोग गरेको छ । समाजिक उतरदात्व कार्य अन्र्तगत मिर्गौला, क्यान्सरका रोगी र मेरुदण्ड भाँचिएका एक विरामीलाई समाजले आर्थिक सहयोग गरेको हो ।
ताप्लेजुङ युके युवा समाज बेलायतका महासचिव दिनेश लिलिङखिमका अनुसार मिर्गौला र क्यान्सरका रोगी साथै मेरुदण्ड भाँचिएर उपचाररत रहेका विरामीसमेत तीन जनालाई युवा समाजले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएको हो । आर्थिक सहयोग प्राप्त गर्नेमा मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका मिर्गौला रोगी मिङमाखाङ्डु शेर्पा र क्यान्सर रोगी मिङमाछेम्वी शेर्पा रहनुभएको छ ।
त्यस्तै मेरुदण्ड भाँचिएर हाल उपचाररत रहनुभएका फुङ्लिङ नगरपालिका–६ का दिनेश मादेनलाई समाजले आर्थिक सहयोग उपलब्ध गराएको छ । महासचिव दिनेश लिलिङमले विरामीका आफन्तलाई आर्थिक सहयोग बापतको रकम हस्तान्तरण गर्नुभएको छ ।
मिर्गौला र क्यान्सरका रोगी मिङमाखाङ्डु र मिङमाछेम्वीलाई जनही ४० हजार रुपियाँका दरले सहयोग रकम प्रदान गरिएको छ । त्यस्तै मेरुदण्डका विरामीलाई भने समाजले ८० हजार रुपियाँ सहयोग रकम उपलब्ध गराएको छ । उहाँका अनुसार युकेमा बसोबास गर्दै आएका युवाले स्थापना गरेको संस्थाले सामाजिक सेवाभावका कार्यहरु गर्दै आएको छ ।...
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
