श्रावण ११ गते २०८३
04:40: PM
श्रावण ११ गते २०८३
04:40: PM

गुडिरहेको सवारीमाथि पहिरो खस्दा एक महिला गम्भीर घाइते

भाद्र २९ गते २०८१
7:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गाले लाग्दा एक जना महिला गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने फक्ताङलुङ गाउँपालिका–३ २६ वर्षीया निर्मला गुरुङलाई गम्भीर घाइते भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार मे १ ज १३६२ नम्बरको पिकअप भ्यानमाथि पहिरोसहितको ढुङ्गा खसेको थियो । प्रहरीका अनुसार घाइते गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लावुङका अनुसार पहिरोले एक ट्याक्सीमा समेत क्षति पु¥याएको छ । पहिरोमा परेको सवारीसाधनलाई मेसिनमार्फत निकाल्ने कार्य भइरहेको छ । गाडी चालक रुपेश सुनुवार अहिले सिँवा प्रहरी चौकीसँग सम्पर्कमा रहेको प्रहरी अधिकारी बस्नेतले जानकारी दिएका छन । घाइते महिला थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तस्बिरः एआई

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo