गुडिरहेको सवारीमाथि पहिरो खस्दा एक महिला गम्भीर घाइते
Phaktanglung Darpan
भाद्र २९ गते २०८१
7:03 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा पिकअप भ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गाले लाग्दा एक जना महिला गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने फक्ताङलुङ गाउँपालिका–३ २६ वर्षीया निर्मला गुरुङलाई गम्भीर घाइते भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार मे १ ज १३६२ नम्बरको पिकअप भ्यानमाथि पहिरोसहितको ढुङ्गा खसेको थियो । प्रहरीका अनुसार घाइते गुरुङको टाउकोमा गम्भीर चोट लागेको छ । फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लावुङका अनुसार पहिरोले एक ट्याक्सीमा समेत क्षति पु¥याएको छ । पहिरोमा परेको सवारीसाधनलाई मेसिनमार्फत निकाल्ने कार्य भइरहेको छ । गाडी चालक रुपेश सुनुवार अहिले सिँवा प्रहरी चौकीसँग सम्पर्कमा रहेको प्रहरी अधिकारी बस्नेतले जानकारी दिएका छन । घाइते महिला थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।