ताप्लेजुङ गोल्डकपः भारतलाई पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लबको विजय सुरुवात
Phaktanglung Darpan
भाद्र ३ गते २०८१
6:43 pm
फक्ताङलुङ दर्पण
अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण सोमबार भएको उद्घाटन खेलमा संघर्ष स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत)लाई पराजित गदै विजयको सुरुवात गरेको हो । संघर्ष स्पोर्टिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो। यस जितसँगै संघर्ष स्पोर्टिङ युवा क्लबले प्रतियोगितामा विजय सुरुवात गरेको छ । अब उहाँहरूले भाद्र ५ गते रूपन्देही र मोरङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछन् । यता, कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको यात्रा भने यसै खेलसँगै समाप्त भएको छ । भोलिको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा आमनेसामने हुनेछन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।…