श्रावण १० गते २०८३
07:59: AM
श्रावण १० गते २०८३
07:59: AM

ताप्लेजुङ गोल्डकपः भारतलाई पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लबको विजय सुरुवात

भाद्र ३ गते २०८१
6:43 pm
Author Avatar
फक्ताङलुङ दर्पण

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण सोमबार भएको उद्घाटन खेलमा संघर्ष स्पोर्टिङ युवा क्लबले विजय सुरुवात गरेको छ । कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत)लाई पराजित गदै विजयको सुरुवात गरेको हो ।
संघर्ष स्पोर्टिङ युवा क्लबले कञ्चनजङ्घा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ७–५ गोल अन्तरले पराजित गरेको हो। यस जितसँगै संघर्ष स्पोर्टिङ युवा क्लबले प्रतियोगितामा विजय सुरुवात गरेको छ । अब उहाँहरूले भाद्र ५ गते रूपन्देही र मोरङबीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछन् ।
यता, कञ्चनजङ्घा फुटबल क्लब, सिलगुडीको यात्रा भने यसै खेलसँगै समाप्त भएको छ । भोलिको खेलमा पाँचथर र सलहेश युवा क्लब, सिरहा आमनेसामने हुनेछन् ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo