ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका जाने सडक अवरुद्ध भएको छ । निरन्तर वर्षा तथा बाढी पहिरोका कारण तीन साता देखि सडक अवरुद्ध भएको हो । गत जेठ ३१ गते देखि सडक अवरुद्धएको अहिले सम्म सडक नखुल्दा फक्ताङलुङ गाउँपालिकाका स्थानीयले सास्ती खेप्दै आएका छन् । सदरमुकाम फुङ्लिङ देखि फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक हुदै तमोर कोरिडोर सडक नेपाल र चीनको नाका टिप्ताला नाका जोडिने गर्दछ । तीन साता देखि तमोर कोरिडोरको फुङ्लिङ नगरपालिका—१० सिस्ने देखि फक्ताङलुङ गाउँपालिका केन्द्र सम्म सडक अबरुद्ध भएको फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय विवस केदेमले बताउनुभयो । सडक अवरुद्धभएसंगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि फक्ताङलुङ गाउँपालिकामा यातायात साधनहरु जान नसकेको यातायात व्यवपासायी ज्ञानेन्द्र लिम्बूले बताउनुभयो । फक्ताङलुङ गाउँपालिका जाने यातायातका साधनहरु ठप्प हुँदा स्थानीयबासीले खाद्यन्न ढुवानी गर्न समेत समस्या भएको स्थानीयको भनाइ रहेको छ । “फक्ताङ्लुङ गाउँपालिका जोड्ने बाटोहरु बाढी पहिरोले ३ हप्ता देखि बन्द छ्न, धेरै पटक सम्बन्धित निकायहरुमा फोन गरेको छु तर एक्सन सिन्को भाचिएको छैन ।” फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले भन्नुभयो “सडक बिभाग गैर जिम्मेवार बनेका छ्न । केन्द्रिय प्रशारण लाइन एक हप्ता भयो बत्ती काटिएको ताप्लेजुङको बिधुत प्राधिकरण गैर जिम्मेवार बनेकाछन ।” यस क्षेत्रमा टेलीफोन समेत अबरुद्ध भएको अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूले भन्नुभयो “फेवा कन्स्ट्रक्सनले तमोर करोडोर सिस्ने थिवा खण्ड बाटो खनेर अलपत्र छोडी राखेको छ आज त्यसको कारण फक्ताङ्लुङ जोड्ने बाटो बन्द छ । यहाको नागरिकहरु ३ हप्ता देखिन बन्धकमा परेका छन ।…