भाद्र २७ गते २०८३
01:35: AM
भाद्र २७ गते २०८३
01:35: AM

तीन साता देखि फक्ताङलुङ जाने सडक अबरुद्ध

असार १६ गते २०८१
7:33 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका जाने सडक अवरुद्ध भएको छ । निरन्तर वर्षा तथा बाढी पहिरोका कारण तीन साता देखि सडक अवरुद्ध भएको हो ।
गत जेठ ३१ गते देखि सडक अवरुद्धएको अहिले सम्म सडक नखुल्दा फक्ताङलुङ गाउँपालिकाका स्थानीयले सास्ती खेप्दै आएका छन् । सदरमुकाम फुङ्लिङ देखि फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक हुदै तमोर कोरिडोर सडक नेपाल र चीनको नाका टिप्ताला नाका जोडिने गर्दछ । तीन साता देखि तमोर कोरिडोरको फुङ्लिङ नगरपालिका—१० सिस्ने देखि फक्ताङलुङ गाउँपालिका केन्द्र सम्म सडक अबरुद्ध भएको फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय विवस केदेमले बताउनुभयो । सडक अवरुद्धभएसंगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि फक्ताङलुङ गाउँपालिकामा यातायात साधनहरु जान नसकेको यातायात व्यवपासायी ज्ञानेन्द्र लिम्बूले बताउनुभयो ।
फक्ताङलुङ गाउँपालिका जाने यातायातका साधनहरु ठप्प हुँदा स्थानीयबासीले खाद्यन्न ढुवानी गर्न समेत समस्या भएको स्थानीयको भनाइ रहेको छ । “फक्ताङ्लुङ गाउँपालिका जोड्ने बाटोहरु बाढी पहिरोले ३ हप्ता देखि बन्द छ्न, धेरै पटक सम्बन्धित निकायहरुमा फोन गरेको छु तर एक्सन सिन्को भाचिएको छैन ।” फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले भन्नुभयो “सडक बिभाग गैर जिम्मेवार बनेका छ्न । केन्द्रिय प्रशारण लाइन एक हप्ता भयो बत्ती काटिएको ताप्लेजुङको बिधुत प्राधिकरण गैर जिम्मेवार बनेकाछन ।”
यस क्षेत्रमा टेलीफोन समेत अबरुद्ध भएको अध्यक्ष लिम्बूले बताउनुभयो । अध्यक्ष लिम्बूले भन्नुभयो “फेवा कन्स्ट्रक्सनले तमोर करोडोर सिस्ने थिवा खण्ड बाटो खनेर अलपत्र छोडी राखेको छ आज त्यसको कारण फक्ताङ्लुङ जोड्ने बाटो बन्द छ । यहाको नागरिकहरु ३ हप्ता देखिन बन्धकमा परेका छन ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo