ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रशासनिक भवनको निर्माण गर्न सुरु गरेको छ । आइतबार मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेसंगै निर्माण सुरु भएको हो । दई वर्षको अवधिभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य सुरुभएको वनेमले बताउनुभयो । आगामी २०८३ साल जेठ मसान्त सम्ममा निर्माणको कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अनुसार भ्याट सहित १२ करोड १४ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने गरी आरआरआर केटीएम निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका—३ कोलडाँडा क्षेत्रमा भवन निर्माण सुरु गरेको गाउँ पालिकाले जनाएको छ । नवनिर्मित पालिकाको भवन ४ तलाको रहने बताइएको छ । पालिकाको भवन निर्माण गर्नका लागि स्थानीय चोङबाङ परिवारले निःशुल्क रुपमा २० रोपनी जग्गा उपलब्ध गराएको वनेमले बताउनुभयो ।…