श्रावण १० गते २०८३
10:49: AM
श्रावण १० गते २०८३
10:49: AM

मैवाखोलाले बनाउँन थाल्यो प्रशासनिक भवन

चैत्र २६ गते २०८०
7:12 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रशासनिक भवनको निर्माण गर्न सुरु गरेको छ । आइतबार मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेसंगै निर्माण सुरु भएको हो ।
दई वर्षको अवधिभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कार्य सुरुभएको वनेमले बताउनुभयो । आगामी २०८३ साल जेठ मसान्त सम्ममा निर्माणको कार्य सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अनुसार भ्याट सहित १२ करोड १४ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने गरी आरआरआर केटीएम निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको अध्यक्ष वनेमले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका—३ कोलडाँडा क्षेत्रमा भवन निर्माण सुरु गरेको गाउँ पालिकाले जनाएको छ । नवनिर्मित पालिकाको भवन ४ तलाको रहने बताइएको छ ।
पालिकाको भवन निर्माण गर्नका लागि स्थानीय चोङबाङ परिवारले निःशुल्क रुपमा २० रोपनी जग्गा उपलब्ध गराएको वनेमले बताउनुभयो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo