ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आयोजना भएको चाँगे माछापोखरी गोल्डकप फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । प्रतियोगिताको उपाधि जितसँगै मरिक फुटबल क्लबले दुई लाख रुपैयाँ राशीको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको डाँडाबजार धनकुटाले एकलाख २० हजार रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । उपाधि बिजेतालाई आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले ट्रफी र पुरस्कार वितरण गर्नुभएको थियो । सेमिफाइनलमा धरानले जिल्ला फुटबल संघ संखुवासभालाई र डाँडाबजारले आठराई गाउँपालिका तेह्रथुमलाई पराजित गर्दै फाइनल पुगेका थिए । चाँगेको माछापोखरी हिटी क्लबको आयोजनामा चैत ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगितामा धरान, धनकुटा, संखुवासभा, तेह्रथुमको दुई र स्थानीय तीनसमेत आठ टोली सहभागी भएका थिए ।…