श्रावण १० गते २०८३
08:48: AM
श्रावण १० गते २०८३
08:48: AM

चाँगे माछापोखरी गोल्डकपको उपाधि धरानलाई

चैत्र ११ गते २०८०
9:00 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आयोजना भएको चाँगे माछापोखरी गोल्डकप फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
प्रतियोगिताको उपाधि जितसँगै मरिक फुटबल क्लबले दुई लाख रुपैयाँ राशीको नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको डाँडाबजार धनकुटाले एकलाख २० हजार रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।
उपाधि बिजेतालाई आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले ट्रफी र पुरस्कार वितरण गर्नुभएको थियो । सेमिफाइनलमा धरानले जिल्ला फुटबल संघ संखुवासभालाई र डाँडाबजारले आठराई गाउँपालिका तेह्रथुमलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
चाँगेको माछापोखरी हिटी क्लबको आयोजनामा चैत ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगितामा धरान, धनकुटा, संखुवासभा, तेह्रथुमको दुई र स्थानीय तीनसमेत आठ टोली सहभागी भएका थिए ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo