श्रावण १० गते २०८३
05:54: AM
श्रावण १० गते २०८३
05:54: AM

सावादिनमा आगलागीबाट एक घर नष्ट हुँदा आठ लाख क्षति

फागुन १ गते २०८०
7:55 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्तालुङ गाउँपालिका—१ सावदेनमा मंगलबार आगलागिबाट एक घर जलेर नष्ट भएको छ । आगलागीबाट बुद्धमती लिम्बूको घर जलेर पूर्ण नष्ट हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार मंगलबार दिउँसो आगलागीबाट दुइ तले कच्ची घर जलेर पुरै नष्ट भएको छ । घरमा एक लाख रुपैयाँ नगत र तीन तोला सुन सहित घरको खाद्य सामग्री सबै नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल लुङकेलीले जानकारी दिनुभएको छ । आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घरमा आमा,छोरो र छोरी गरी तीन जना बस्तै आउँनुभएको फक्ताङलुङ गाउँपालिका—१ का वडा अध्यक्ष योज्ञ प्रसाद लिम्बूले बताउनुभयो । घरमा कोही नभएको समयमा आगलागि भएकाले घरबाट सरसमान केहि निकाल्न नपाएको लिम्बूले बताउनुभयो । आगलागिका कारण अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी पिडित परिवार अहिले आफ्न्तको सहारामा बसेको वडा कार्यलयले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo