ताप्लेजुङको फक्तालुङ गाउँपालिका—१ सावदेनमा मंगलबार आगलागिबाट एक घर जलेर नष्ट भएको छ । आगलागीबाट बुद्धमती लिम्बूको घर जलेर पूर्ण नष्ट हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको अनुसार मंगलबार दिउँसो आगलागीबाट दुइ तले कच्ची घर जलेर पुरै नष्ट भएको छ । घरमा एक लाख रुपैयाँ नगत र तीन तोला सुन सहित घरको खाद्य सामग्री सबै नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल लुङकेलीले जानकारी दिनुभएको छ । आगलागीबाट करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घरमा आमा,छोरो र छोरी गरी तीन जना बस्तै आउँनुभएको फक्ताङलुङ गाउँपालिका—१ का वडा अध्यक्ष योज्ञ प्रसाद लिम्बूले बताउनुभयो । घरमा कोही नभएको समयमा आगलागि भएकाले घरबाट सरसमान केहि निकाल्न नपाएको लिम्बूले बताउनुभयो । आगलागिका कारण अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागी पिडित परिवार अहिले आफ्न्तको सहारामा बसेको वडा कार्यलयले जनाएको छ ।