ताप्लेजुङको फुङ्लिङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । केही दिन अघिदेखि बेपत्ता भएका फुङलिङ नगरपालिका—९ हाङदेवा निवासी ७१ वर्षीय रामबहादुर महतारा मृत अवस्थामा फेला परेका हुन् । सदरमुकाम फुङ्लिङ नजिकै रहेको नर्सरी स्थित च्यानडाँडामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनु भयो । प्रहरीका अनुसार मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव ग्रहमा राखिएको छ ।