भाद्र २६ गते २०८३
10:01: PM
भाद्र २६ गते २०८३
10:01: PM

फुङ्लिङमा एक वृद्ध मृत अवस्थामा भेटिए

माघ २२ गते २०८०
7:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङ्लिङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । केही दिन अघिदेखि बेपत्ता भएका फुङलिङ नगरपालिका—९ हाङदेवा निवासी ७१ वर्षीय रामबहादुर महतारा मृत अवस्थामा फेला परेका हुन् ।
सदरमुकाम फुङ्लिङ नजिकै रहेको नर्सरी स्थित च्यानडाँडामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनु भयो । प्रहरीका अनुसार मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव ग्रहमा राखिएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo