ज्ञानु फुरुम्बो(चरपे)/युके
इलाम जिल्लाको माङसेबुङ गाउपालिकामा रहेको धार्मिक स्थल माङसेबुङ लारुम्बा स्थित १६ ओै संस्करण “आत्मानन्द कप—८०” संचालन हुने भएको छ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७० औं जन्मोत्सवको अवसरमा हुने पुरुष फुटबल खेलमा नेपाल सहित तीन देशका खेलाडीको प्रतिस्प्रर्धा हुने भएको
प्रतियोगिता मंसिर—८ गते देखि २० गते सम्म हुने प्रतियोगितामा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ , गोलबजार स्पोर्टिङ क्लब सिराहा, माङ्सेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटानको सहभागिता रहने आयोजक समितिका अध्यक्ष आङबुहाङले बताउनुभयो ।
यस आत्मानन्द कपको संस्करणमा स्देश,बिदेशका प्रतिष्ठत टिमहरुले सहभागीता जनाउने आयोजकले जनाएको छ । नेपाल,भारत र भुटान गरि आठ ओटा क्लबहरुको सहभागीमा माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा संचालन हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मन प्रसाद आङबुहाङले पत्रकार सम्मेलनमार्फ जानकारी गराउँनुभएको छ ।
आत्मानन्द कप विजेता खेलाडीले ट्रफी सहित तीन लाख ११ हजार १७० रुपैँया पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले ट्रफीसहित दुई लाख ५ हजार १६९ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । गत वर्ष आत्मनन्द कप छथर गाउँपालिका तेह्रथुम टिम विजेता बनेको थियो ।
यसै गरि अतिरिक्त खेलतर्फ म्याराथन, पक्लुङ लेप्मा (छेलो हान्ने), धनुकाड , भलिबल, हाडी फुटाउने, कराँते लगायतका खेल समेत आयोजना हुने आयोजकले जनाएको छ । धार्मिक तथा पर्यटकीय स्थल माङसेबुङमा प्रतियोगिता हुने भएको कारणले देश बिदेशका हजारौ दर्शकहरु सहभागी हुने आयोजकले दावी गरेका छन । यस आत्मानन्द कप प्रत्येक बर्ष आत्मा पवित्र हक्चात यक्चुम समितिले संचालन गर्दै आएका आयोजक समितिले जनाएको छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
