भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

भाद्र १६ गते २०८३
12:41 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ, १६ भदौः पाथीभरा क्षेत्र विकास समितिले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार बसेको बैठकले बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार बैठकले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोगसम्बन्धी कार्यविधि बनाई लागू गर्ने निर्णयसमेत गरेको छ ।

समितिले विपद्का समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले आर्थिक सहायता प्रदान गर्ने कार्यविधि निर्माण गरी लागू गर्ने जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo