असार ३१ गते २०८३
09:18: PM
असार ३१ गते २०८३
09:18: PM

पाथीभरा बहुमुखी क्याम्पसमा जोगीको नेतृत्वमा स्ववियु समिति चयन

फागुन २७ गते २०८१
5:30 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयन भएको छ। तिलकुमार जोगी अध्यक्षमा चयन भएका छन् भने सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी निकिता लिम्बू निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार सदस्यहरूमा नेविसंघका सौगात विष्ट, अखिल क्रान्तिकारीकी शान्तीला गुरुङ र सुजन लिम्बू तथा अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङ चयन भएका छन्।

निर्वाचन कार्यतालिका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फको मनोनयन दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको थियो। समानुपातिक तर्फ नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु एस र अखिल क्रान्तिकारीबाट एक/एक जना सदस्य चयन हुने व्यवस्था गरिएको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ।

स्ववियु निर्वाचनका लागि चार विद्यार्थी संगठन — नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु एस र अखिल क्रान्तिकारीले संगठन दर्ता गरेका थिए। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आगामी चैत ५ गते निर्वाचन हुने भए पनि ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo