ओमेन्सा राई, ताप्लेजुङ । सिदिङवा गाउँपालिका-२, सादेवा स्वास्थ्य चौकीले पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरेको छ। वडाभित्र रहेका १६ महिना देखि ५९ महिना उमेर समूहका सम्पूर्ण बालबालिकालाई आवश्यक खोप प्रदान गरिएको स्वास्थ्यकर्मी प्रदीप इदिङ्गोले जानकारी दिएका छन्।
स्वास्थ्य चौकीले पूर्ण खोप निर्देशिका अनुरूप सम्पूर्ण बालबालिकालाई खोप उपलब्ध गराई वडालाई पूर्ण खोप सुनिश्चितता गरेको हो। यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले पूर्ण खोप सुनिश्चितता घोषणापछि जन्मिने बालबालिकालाई सहज रूपमा खोप प्रदान गर्न आवश्यक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। साथै, स्वास्थ्य चौकीका कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनले धन्यवाद व्यक्त गरे।
वडा अध्यक्ष पूर्णकुमार माङमुले आफ्नो वडालाई पूर्ण खोप सुनिश्चितता गर्न सफल बनाउने स्वास्थ्यकर्मीहरूको मेहनतप्रति कृतज्ञता व्यक्त गर्दै अभियानलाई दीगो बनाउन आगामी दिनमा सूक्ष्म योजनाका साथ अगाडि बढ्नुपर्ने बताए। कार्यक्रममा वडाका सम्पूर्ण स्वास्थ्य स्वयंसेविकालाई सम्मान पत्र प्रदान गरिएको स्वास्थ्यकर्मी इदिङ्गोले जानकारी दिए।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
