श्रावण १० गते २०८३
08:37: AM
श्रावण १० गते २०८३
08:37: AM

युकेमा पहिचानवादी मोर्चाको गठन, विविध समिति चयन

माघ २३ गते २०८१
9:13 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम फुरुम्बो चरेप, युके - बहुसांस्कृतिक समाजवाद र लोकतान्त्रिक नारासहित पहिचानवादी मोर्चा युकेको गठन तथा घोषणा शनिबार अल्डरशटस्थित एम्पायर सभा हलमा सम्पन्न भएको छ। राष्ट्रिय पहिचानवादी मोर्चा युके र स्वतन्त्र पक्षबीच सम्पन्न उक्त सभामा सहभागीहरूले संगठनलाई रुपान्तरित गर्दै पहिचानवादी मोर्चा युकेमा समायोजन भएको घोषणा गरे।

सभामा देवी बहादुर तुम्वाङफेको संयोजकत्वमा २३१ सदस्यीय समिति गठन गरिएको छ। सहसंयोजकहरूमा विजय लुङफुङवा, चन्द्रकला आवाजङ, खडकजोङ आङबुहाङ, कृष्ण प्रसाद लिङदेन, कुलदिप राई, लीला सेत्लिङ, माबो, मान तबेबुङ, रामकुमार पोमु, रुद्र प्रसाद श्रेष्ठ, रुपमान कुरुम्बाङ, तेज प्रसाद लावती, तिल बिक्रम तावा, यदु चन्द्र लावती र युमा लिम्बु चयन भएका छन्। सचिवालयमा दिल कुमार फोम्बो, लाहाङ चेम्जोङ, मिहाङ थेबे, लाल लिङदेन र शेर बहादुर इङनाम रहेका छन्।

कोष विभागमा दिपक तुम्बापो, जीतेन्द्र चेम्जोङ, रन्जीत तुम्वाहाङफे र टिका मादेन रहेका छन् भने रणनितिक तथा कुटनितिक विभागमा खडकजोङ आङबुहाङ, सन्तर वीर नेम्बाङ र टंक खापुङ चयन भएका छन्। सांस्कृतिक विभागमा चन्द्र बहादुर लिङदेन, दुर्गा खापुङ, जसराज चेम्जोङ, सानु सुब्बा र योवाहाङ तुम्बाहाङफे रहेका छन्। आन्दोलन विभागमा देउमान आङबो, दिल बहादुर तुम्बाहाङफे र रुपमान कुरुम्बाङ रहेका छन्।

संगठन विभागमा दल योङया, लीलाराज काम्बाङ, नगेन्द्र नेम्बाङ, नर बहादुर कुरुम्बाङ र राम इजम रहेका छन्। प्रकाशन विभागमा छत्र वनेम, तेज माबो, थान कुमार नाल्बो र यदु चन्द्र लावती रहेका छन्। विचार विभागमा भरत चोङबाङ, चुडा तुम्बाहाङफे, गणेश इजम र कुष्ण लिङदेन रहेका छन् भने संचार विभागमा पारस राना र पर्वत राई रहेका छन्।

पहिचानवादी मोर्चा युके गठन तथा घोषणा सभामा टंक खापुङको संयोजकत्वमा गणेश इजमको संयोजनमा सम्पन्न भयो। केन्द्रीय संयोजक डा. महेन्द्र लावतीले अनलाईनमार्फत शुभकामना व्यक्त गरे। किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष कमला सेन्दाङ, लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम, मुकुक्कुमलुङ सेमुक्ते ताङसेप सहयोग संयोजक दिल सम्बाहाङफे लगायतले पनि शुभकामना व्यक्त गरेका थिए।

बिभिन्न पहिचानवादी संघ, संस्था र स्वतन्त्र पहिचानवादीहरूको लामो संवाद र छलफलपछि एकताको सन्देश दिन पहिचानवादी मोर्चा युके गठन गरिएको हो। संयोजक विजय लुङफुङवाले पहिचानवादीहरूको एउटै मुद्दा भए पनि एक ठाउँमा उभिन नसकिएको र सबै पहिचानवादीलाई एकजुट गराउन मोर्चाको आवश्यकता रहेको बताए।

डा. महेन्द्र लावतीले लामो समय अमेरिकामा बसे पनि अब स्वदेशमै बस्ने र पहिचानको मुद्दामा क्रियाशील रहने जनाएका छन्। पहिचानवादी मोर्चा स्वदेश तथा विदेशमा व्यापक रूपमा गठन हुँदै गएको छ। नयाँ गठित मोर्चाले बहुसांस्कृतिक समाजवादलाई संस्थागत गर्न भूमिका खेल्ने आशा व्यक्त गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo