श्रावण १० गते २०८३
06:55: AM
श्रावण १० गते २०८३
06:55: AM

एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेजबीच रणनीतिक साझेदारी

माघ २३ गते २०८१
8:13 pm
Author Avatar
फक्ताङलुङ दर्पण

काठमाडौं, माघ २३ – अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्यसहित सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र नेपालस्थित इम्बार्क कलेज, पुल्चोकबीच मंगलबार एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रले दुबै संस्थाबीच शैक्षिक तथा अनुसन्धानात्मक सहकार्यलाई सुदृढ गर्दै विद्यार्थी, प्राध्यापक, तथा उद्योग क्षेत्रका सरोकारवालाहरूलाई प्रत्यक्ष लाभ दिलाउने उद्देश्य राखेको छ। मुख्य रूपमा व्यवस्थापन, उद्यमशीलता, तथा जेनेरेटिभ एआई प्रविधिको अध्ययन र प्रयोगमा सहकार्य गरिनेछ।

समझदारीपत्रमा इम्बार्क कलेजका प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक आशिष ठाकुर र एभेन्टिस ग्र्याजुएट स्कूलका जेनेरल म्यानेजर सामुएल टियोले हस्ताक्षर गरेका हुन्।

सहकार्यका प्राथमिक क्षेत्रहरू

१. विद्यार्थी तथा प्राध्यापक आदानप्रदान

  • दुवै संस्थाका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न सक्नेछन्।
  • प्राध्यापकहरूले अनुसन्धान तथा पाठ्यक्रम विकासमा संयुक्त रूपमा काम गर्ने अवसर पाउनेछन्।
  1. व्यवस्थापन र उद्यमशीलता प्रवर्द्धन
    • छोटो अवधिका विशेष पाठ्यक्रमहरू सञ्चालन गरिनेछ।
    • विद्यार्थीलाई स्टार्टअप इन्क्युबेटर तथा एक्सलरेटरमार्फत नवप्रवर्तनशील सोचलाई व्यवसायमा बदल्न सहयोग गरिनेछ।
  2. जेनेरेटिभ एआई अनुसन्धान तथा अनुप्रयोग
    • नेपालमा एआई अध्ययन र प्रयोगशाला स्थापना गर्ने सम्भावनाहरू खोजी गरिनेछ।
    • उद्योग साझेदारी मार्फत व्यावसायिक विकासलाई प्रवर्द्धन गरिनेछ।

दीर्घकालीन सम्भावना

सम्झौतासँगै इम्बार्क कलेज र एभेन्टिस ग्र्याजुएट स्कूलबीच विभिन्न अनुसन्धानात्मक परियोजनाहरू अगाडि बढाइने छन्। हस्ताक्षर समारोहमा बोल्दै इम्बार्क कलेजका प्रमुख कार्यकारी अधिकृत ठाकुरले सहकार्यले नेपाल र सिंगापुरबीच ज्ञान आदानप्रदानको सेतु निर्माण गर्ने बताए। साथै, दुबै संस्थाका विद्यार्थी तथा शिक्षकहरूका लागि यसले विश्वव्यापी अवसरहरू सिर्जना गर्ने उनले उल्लेख गरे।

इम्बार्क कलेज हाल बेलायतको युनिभर्सिटी अफ रोहम्पटनसँग साझेदारीमा बीएस्सी बीएम तथा एमबीए कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापी प्रतिस्पर्धात्मकताको महत्त्वलाई ध्यानमा राख्दै, यो समझदारीले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo