निरज बस्नेत/विराटनगर सिटिजन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएका अमरलाल धामीले संस्थाको साख उच्च राख्ने काम गरेका छन् । हाल यस इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरको रूपमा कार्यरत धामीले बिमा कम्पनीको चुनौती , अवसरलाई , सुरक्षा बचत आर्थिक मेरुदण्डको जोखिम बोलेर होइन गरेरनै देखाइदिने गरेका छन् । जुन धामीको कामको दौडाइले पुष्ठि पनि गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स संग आवद्ध भएको एक बर्षमै धामी संस्थाको एमडीआरटि बन्न सफल भएका छन् । जुन अभुतपुर्व उपलब्धि हो । संघर्ष ,धैर्यता र निरंतरतालाई आत्मसात गर्दे अघि बढेको परिणामनै आज धामी आज सबैको नजरमा अब्बल सावित भएका छन् । स्नातकसम्मको अध्यन पूरा गरेका धामी यदि खेती किसानमा मात्रै सिमित भएको भए आज यत्रो ठुलो सम्मानको हकदार नहुने बताउँछन् । र , भन्छन् , सिटिजन लाइफ इन्स्योरेन्सम स-साना कुराम पनि धपधपाउने राम्रो कल्चर विकसित हुनुले पनि आफुलाइ थप उर्जा मिलेको सुनाउछ्न । संस्थाका प्रमुखदेखि लिएर सबै कर्मचारीको मित्रवत ब्यवारले गर्दा आज आफू बिमा कम्पनीसंगै सामाजिक कार्यमा समेत अग्रसर हुँदै आएको धामी बताउँछन् । धामि आफै यति सरल छन् कि जो कसैको दु:ख - सुखको साथी बन्न हरदम तयार हुन्छन् । हामीसंगको कुराकानीका क्रममा धामीले सबैको लागि सिटिजन लाइफ इन्स्योरेन्स सहकार्य गरि मिलेर काम गर्न तत्पर समेत रहेको बताउँछन् ।