ताप्लेजुङको पाथीभरा मन्दिरमा शनिवार आयोजित बृहत्त सरसफाई अभियानमार्फ सरसफाई गरको छ गरेको छ । पाथीभरा क्षेत्र विकास समितिको समन्वय अभियानमार्फत पाथीभरा क्षेत्रमा सरसफाई गरेको हो । पाथीभरा क्षेत्र विकास समितिको संयोजन तथा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र पाथीभरा क्षेत्रका स्थानीय बासिन्दाको सक्रियतामा फोहोर संकलन गरी व्यवस्थित बिर्सजन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सरसफाई अभियानमा करिव १३० जना सहभागी जनाएको थियो । सबैभन्दा बढी सिसा,फलाम तथा टिनजन्य फोहोर सामग्री संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेल,सशस्त्र प्रहरी वल नं नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश मर्हजन,जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेत सहितको सुरक्षा निकायको टोली समेत सरसफाई कार्यक्रममा सहभागी भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।…