काठमाडौँ — पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा देखिएको छ।
दिउँसोको मौसम
आज दिउँसो कोशी, बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको पूर्वानुमान
राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। यस्तै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा पनि हल्का हिमपातको सम्भावना रहेको छ।
मौसममा आउने यी परिवर्तनहरूले यात्रुहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
