ताप्लेजुङमा निःशुल्क आँखा शिविर हुने भएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा सोमबार देखि बुधबार सम्म शिविर सञ्चलन हुन लागेको हो ।
शिविर नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, सेवा फाउण्डेशन काठमाडौं, र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा विशिर सञ्चालन गर्न लागेको हो । हेल्पिङ हेण्डस ताप्लेजुङले पनि सहयोग गरेको आयोजकले जनाएको छ ।
शिविरका वरिष्ठ क्लिनिक इन्चार्ज काजीमान गुरुङका अनुसार, शिविरमा आँखा जाँच, चश्मा तथा औषधी वितरण, र मोतिबिन्दुका बिरामीहरूको छनोट गरी निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ । शल्यक्रिया मेची आँखा अस्पताल, सैनिकमोड झापाको प्राविधिक सहयोगमा हुनेछ ।
ताप्लेजुङमा शिविर सम्पन्न भएपछि त्यही टोलीले पाँचथरको थर्पु बजारमा कात्तिक ३० र मंसिर १ गते निःशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । थर्पुमा रहेको याङवरक आँखा उपचार केन्द्रमा आयोजना हुने शिविरले पाँचथरका ग्रामीण बासिन्दालाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सिरिजंघा, सिदिङबा गाउँपालिकाका साथै तेह्रथुमको आठराई गाउँपालिकाका बासिन्दाहरूलाई लक्षित गरिएको शिविरमा पाँचथरका बासिन्दा ताप्लेजुङसम्म आउन नसक्ने अवस्थामा स्थानीयस्तरमै उपचार सेवा दिने व्यवस्था गरिएका आयोजकले जनाएको छ । शिविरमा नाम दर्ताका लागि प्रतिव्यक्ति ६० रुपैयाँ निर्धारण गरिएको छ भने औषधी र चश्मामा न्यूनतम शुल्क लिने व्यवस्था गरिएको छ । तर, ४० वर्षभन्दा माथिका बिरामीलाई निःशुल्क चश्मा प्रदान गरिने इन्चार्ज गुरुङले जानकारी दिनुभएको छ ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
