श्रावण १० गते २०८३
01:47: PM
श्रावण १० गते २०८३
01:47: PM

सुवेदीको पुनः नेतृत्वमा गैसस महासङ्घ ताप्लेजुङ, सामाजिक रूपान्तरणमा सक्रियताको सुझाव

कार्तिक २१ गते २०८१
5:45 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ – गैर सरकारी संस्था महासङ्घको नयाँ कार्यसमिति बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले खड्गविक्रम सुवेदीको अध्यक्षतामा पुनः चयन गरेको छ । फुङ्लिङमा आयोजित अधिवेशनमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।
दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका सुवेदीको नेतृत्वमा उपाध्यक्षमा प्रजिन हाङ्बाङ, सचिव मणिशङ्कर पोमु, सहसचिव मात्रिकादेवी प्रसाईँ र कोषाध्यक्षमा खगेन्द्र नेपाली रहेका छन् । कार्यसमितिका सदस्यहरूमा दिलकुमारी लिम्बू श्रेष्ठ, चन्द्र यवागु, रमेश राई, भोलाप्रसाद पौडेल, तिलप्रसाद सुब्बा, तुलसा विक, किरण लिङ्देन र रमेश घिमिरे चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गैसस महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, महासङ्घका महासचिव अर्जुन भट्टराई, तथा अन्य प्रदेश समिति पदाधिकारीको उपस्थिति थियो।
उद्घाटन समारोहमा प्रदेशसभा सदस्य मेन्याङ्बोले गैससलाई सामाजिक रूपान्तरण अभियानमा सक्रिय हुन सुझाव दिएका छन्। गैससलाई सरकारको स्थायी प्रतिपक्षको रूपमा चित्रित गर्दै अध्यक्ष सुवेदीले सहकार्य, खबरदारी, र पहरेदारीको भूमिकामा संस्थाले निरन्तर योगदान पु¥याइरहेको बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo