श्रावण १० गते २०८३
10:47: AM
श्रावण १० गते २०८३
10:47: AM

कुम्भकर्ण हिमाल आरोहणको क्रममा अमेरिकी नागरिक बेपत्ता

असाेज २३ गते २०८१
3:40 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कुम्भकर्ण हिमाल(फक्ताङलुङ) हिमाल आरोहणको क्रममा एक आरोही बेपत्ता भएको छन् बेपत्ता हुनेमा अमेरिकी नागरिक मिचेल गार्डनर बेपत्ता भएका छन्।
७ हजार ७१० मिटर अग्लो यो हिमाल आरोहण गर्दै गर्दा गार्डनरलाई अत्यन्त तीव्र हावाको कारणले सम्पर्कविहीन भएको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताउनुभयो ।
ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको व्यवस्थापनमा नेपाल आएका गार्डनर असोज २० गते ताप्लेजुङको घुन्सास्थित शेर्पा गेष्ट हाउसमा बास बस्नुभउको थियोे । २१ गते बिहान उहाँ जन्नु हिमालको आरोहणमा निस्किएका थिए। प्रहरी निरीक्षक शर्माका अनुसार आरोहणको प्रारम्भिक दिनमै प्रतिकूल हावाले गर्दा गार्डनर बेपत्ता भएको आशंका गरिएको छ ।
असोज २१ पछि गार्डनरको सम्पर्क टुटेको खबर प्राप्त हुनासाथ सुरक्षा निकायले उहाँलाई खोज्ने प्रयास थालेको थियो । ताप्लेजुङ प्रहरीको टोलीले हिमाल क्षेत्रमा खोजतलास गरिरहेको छ भने स्थानीय गाइड र अन्य आरोहण दललाई समेत खोजीमा सहयोग गरिरहेको छ । तर खराब मौसम, अप्ठेरो भूगोल र हिमाली वातावरणका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको शर्माले बताउनुभयोे ।
जन्नु हिमाल, संसारकै अग्ला हिमालमध्ये एक, साहसी पर्वतारोहीका लागि एकदमै चुनौतीपूर्ण स्थलका रूपमा चिनिन्छ । यस हिमालमा कठिन भूगोल र अत्यधिक उच्चताका कारण आरोहण जोखिमपूर्ण बन्ने गर्दछ । अमेरिकी नागरिक गार्डनरका परिवार तथा ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिले उहाँको खोजी कार्यलाई अघि बढाउन सक्दो प्रयास गरिरहेको छ । साथै, नेपाली सुरक्षा निकाय र स्थानीय अधिकारीहरूबीच लगातार समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्पर्कविहीन भएको पाँच दिन पुग्दा समेत गार्डनरको अवस्था अज्ञात रहेकाले सम्भावित सुरक्षित स्थानहरूमा खोजी जारी राखिएको छ । हिमाल आरोहणका लागि पुगेका अन्य विदेशी पर्यटक तथा स्थानीयहरूले पनि खोजीकार्यमा सहयोग गरिरहेका छन ्। तर, प्रतिकूल मौसमका कारण खोजी कार्य सुस्त भएको बताइएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo