श्रावण ५ गते २०८३
10:48: AM
श्रावण ५ गते २०८३
10:48: AM

वडाध्यक्ष बोखिमको राजीनामा, वैदेशिक रोजगारी र अस्वस्थता कारण

असाेज १६ गते २०८१
8:24 am
Author Avatar
फक्ताङलुङ दर्पण


ताप्लेजुङको सिरिजंघा गाउँपालिका—३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले शारीरिक अस्वस्थता र वैदेशिक रोजगारीका कारण आफ्नो पदबाट राजीनामा दिएका छन् । बैदेशिक रोजगारीमा हङकङ रहेको र वडा कार्यालयमा उपस्थित हुन नसकेकाले राजीनामा दिएको हो ।
। विगत ११ महिनादेखि हङकङमा रहेका बोखिमले गाउँपालिकाको अध्यक्षमार्फत जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङलाई राजीनामा पत्र पठाएका हुन ्। असोज १८ गतेदेखि लागू हुने गरी उहाँले आफ्नो राजीनामा पेश गरेका छन् ।
बोखिमले शारीरिक अस्वस्थता र पारिवारिक कारणले विदेशबाट फर्कन नसक्ने जानकारी गराउँदै, आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको बताएका छन् । २०८० साल कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित रहेका उनले जनताको सेवा गर्न नसकेकोमा दुःख प्रकट गरेका छन् ।
स्थानीय जनताले बोखिमको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै उहाँमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए । सात जना स्थानीयले वडाध्यक्षलाई अनिवार्य रुपमा जनताबीच उपस्थित भएर काम गर्न वा राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्ग खुला गर्न सुझाव दिएका थिए ।
बोखिमको अनुपस्थितिमा कार्यवाहक वडाध्यक्षका रूपमा वडा सदस्य अम्बि साउदेनले काम गर्दै आएका छन् । स्थानीय नागरिकले उहाँबाट केही विकास कार्य भए पनि स्थायी वडाध्यक्षको अभावमा दीर्घकालीन योजना र समस्याहरु समाधान हुन नसकेको गुनासो गरेका छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo