ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवैध भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फक्ताङलुङ गाउँपालिका—५ वैताङगो निवासी ५१ वर्षीय जितबहादुर लिम्बु पक्राउ परेका हुन । प्रहरीले चाडपर्व लक्षित लामो दुरीको गस्तीको क्रममा असोज आइतबार पक्राउ गरेको हो । प्रहरी टोलीले लिम्बूको कोठामा राखिएको अवैध भरुवा बन्दुक फेला पारेपछि पक्राउ गरिएको जिलला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवैध हतियार नियन्त्रणलाई मध्यनजर गर्दै चाडपर्वको समयलाई लक्षित गर्दै सुरक्षा निगरानीलाई सशक्त बनाएको जनाएको छ ।…