श्रावण १० गते २०८३
09:38: AM
श्रावण १० गते २०८३
09:38: AM

बुद्ध एयरका संचालकलाई गोलि हानेर मार्नेसम्मको धम्की

असाेज १ गते २०८१
6:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

निरज प्रेमी/ विराटनगर
बुद्ध एयरका संचालक बिरेन्द्र बहादुर बस्नेतलाई गोली हानेर ज्यान मार्नेसम्मको धम्की दिइएको छ । धम्की दिने कोहि नभएर बिरेन्द्रका सहोदर भाइ सिबेन्द्र बहादुर बस्नेत नै हुन ।
सो कुराको पुष्ठि उनै बिरेन्द्रले दर्ता गराएको निवेदनबाट खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरको दर्ता न. १८२७ को मिति २०८० पौष ९ गतेमा उल्लेख गरिएको छ । शान्ति सुरक्षा प्रदान गरि पाउ भनी बिरेन्द्रले जिप्रका ललितपुरमा निवेदन दिए, तत्काल जिप्रका ललितपुरले भन्यो, दुबै पक्षलाई छलफलमा बोलाउने, बन्दुक बोकेको छ, भन्ने कुरा छ, त्यो बुझेर आवश्यक कार्वाही गराउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउन पत्र लेख ! भनिएको छ । पछि जिल्ला प्रहरी कार्यालय ललितपुरले पिडक सिबेन्द्र संगैको मिलेमतोमा आवश्यक कुनै कार्वाही प्रक्रिया अगाडि नबढाइएको सुत्र बताउँछ । यता यससम्बन्धी कुरामा सिबेन्द्रको भने इन्कारी वयान आएको देखिन्छ ।
प्रहरीबाट खासै चासो नदेखिएको भन्दै पिडित भनिएका बिरेन्द्रले उच्च अदालत बिराटनगरमा “परमादेश जारी गरि पाउ“ भनी निवेदन पत्र दर्ता गराए । जसमा बिपक्षी मध्येका शिवेन्द्र बहादुर बस्नेत मेरा अंश बण्डा भइसकेको भाइ तथा बुद्ध एयर प्रा लि को शेयरधनीहरु, अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र आदर्श बहादुर बस्नेतका पति – पिता हुन् । बिपक्षी मध्येका शिवेन्द्र बहादुर बस्नेत निज शेयरधनिहरुको पति पिता नाताको ब्यक्ति रहेकोले निज शिवेन्द्र बहादुर बस्नेत आफुलाइ शेयरधनीहरुको अधिकारप्राप्त प्रनिनिधी हो भनी सम्बोधन गर्दै आएका छन् । निज शेयर धनीहरु तथा बिपक्षी शिवेन्द्र बहादुर बस्नेत समेत बिच उच्च अदालत पाटन, ललितपुर तथा जिल्ला अदालत ललितपुर समक्ष विभिन्न मुद्दाहरु विचाराधिन रहेको छ । बिपक्षी शिवेन्द्र बहादुर बस्नेतले म निवेदक माथी गोलि चलाइ ज्यान मार्ने भनी धम्की दिएको अवस्थामा शान्ति सुरक्षा समेतको माग राखी जिल्ला प्रशासन कार्यालय मोरङ समक्ष मिति २०८०÷९÷१६ मा दिएको द.न. १८ २७ को निवेदन उपर हालसम्म थप कुनै कार्वाही नगरिएको हुँदा कानूनी दायित्व पूरा गराइ मेरो वैयक्तिक स्वतन्त्रताको रक्षाको निमित्त परमादेश जारी गरि पाउ भन्ने बिषय नै दाजुभाइको मुल मुद्दा केन्द्रीत हो । उच्च अदालत बिराटनगरमा समेत यो मुद्दा अहिले पनि विचाराधिन अवस्थामा छ । पछिल्लो पेशी सरेको थियो । तर बिपक्षी खेमाकै अनुरोधमा पछिल्लो पेशीमा सुनुवाइ भएन । पिडक भनिएका सिवेन्द्र भने अमेरिकाको ग्रीन काड होल्डर हुन् ।
अमेरिकामा रहेर गर्ने गरेको सिबेन्द्रको व्यापार ब्यवसायमा घाटा हुनु अनि बिरक्तिएर नेपाल आउनु तथा एक्कासि दाजुलाई मार्ने धम्की दिनुको कारण के हो त ? कुनै समयमा स्व. बुवा सुरेन्द्र बहादुर बस्नेतले बुद्ध एयरको शेयर भागबन्डा गर्दा दुबै छोराहरुलाइ बराबर लगाइदिएकै हो । तथापि भाइ शिवेन्द्रले तत्कालीन बेलामानै आफ्नो सम्पुर्ण शेयर लिइ माउन्टेन एयर संचालन गरेका थिए । त्यो
बेला माउन्टेन एयरको लगानी उनै शिवेन्द्रले डुबाएका थिए । फलस्वरूप अमेरिका हानिए । उताको कार्ड पनि प्राप्त गरे । व्यापार डुबाएर बुवाको मृत्युपछि बुद्ध एयरको शेयरमा हिस्सा खोज्न आए । अनि शरु भयो यो सबै लफडा ! अहिले भाइको धम्कीका कारण दाइ बिरेन्द्र काठमाडौं छाडेर अन्त हिड्न पनि नसकेको बताउँछन् । प्रशासन, प्रहरीबाट राम्रो सहयोग नपाएकै कारण अदालत जानुपरेको बिरेन्द्र बताउछन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo