श्रावण १० गते २०८३
03:48: PM
श्रावण १० गते २०८३
03:48: PM

ताप्लेजुङमा साढे ११ सय जनालाई राष्ट्रिय परिचयपत्र वितरण

भाद्र २८ गते २०८१
10:53 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ — जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालू आर्थिक वर्षको साउन महिनामा १ हजार १ सय ३४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार, यस अवधिमा वितरण गरिएको यो संख्या गत वर्षको तुलनामा बढेको हो।

आर्थिक वर्ष २०८०/८१ मा ९ सय ३० जनाले मात्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेका थिए भने यस वर्ष थप २ सय ४ जनालाई परिचयपत्र वितरण गरिएको छ।

प्रशासन कार्यालयको तथ्याङ्क अनुसार हालसम्म ताप्लेजुङका ७० हजार ५ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराइसकेका छन्। १६ वर्ष उमेर पूरा गरेका र नेपाली नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरूले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सक्नेछन्।

परिचयपत्र प्राप्त गर्न इच्छुकले आफ्नो विद्युतीय तस्बिर, दुवै हातका १० औँलाका रेखा (फिंगरप्रिन्ट), हस्ताक्षर लगायतका जैविक विवरण उपलब्ध गराउनुपर्छ। परिचयपत्र लिनका लागि भने परिचयपत्र धारकको व्यक्तिगत उपस्थितिलाई अनिवार्य गरिएको छ, जसले गर्दा व्यक्तिको जैविक विवरण प्रमाणित गर्न सहज हुन्छ।

प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रियालाई थप सहज र द्रुत बनाउन विभिन्न स्थानमा सेवा विस्तारको योजना बनाएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo