श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

के हो मुक्कुमलुङ पाथीभरा

भाद्र २६ गते २०८१
12:10 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बो चरपे
मुक्कुमलुङ ताप्लेजुङ जिल्ला लिम्बुवान राज्यमा रहेको याक्थुङ लिम्बुहरुको मुन्धुमसंग जोडिएको पवित्र धार्मिक स्थल हो । लिम्बुहरुले प्राचीन काल समय देखि मुक्कुमलुङलाई उहीँ तागेरा निङवाभुमाङ युमामाङको प्रति रुपि शक्तिपिठको रुपमा मान्दै आएका थिए मान्ने गर्छन । मुक्कुमलुङ नाम कुनै खेलाउन तरिकाले कुनै पण्डितले जुराएको होईन यो मुन्धुमि पान शब्द हो । सर्वशक्तिमान तागेरानिङवा भुमाङ युमामाङ सो स्थलमा देखिने अल्पिने भएको हुनाले प्राचीन समय देखि नै मुक्कुमलुङ नाम रहन गएको हो लिम्बू भाषाबाट मुक भनेको शक्ति,लुङ भनेको विशाल चटान,पहाड हो त्यहि मुक र लुङ जोडिएर मुक्कुमलुङ भनिएको हो । किरात लिम्बु समाज भनेको प्राकृतिक पुजक हुन ,प्राकृतिमा भएका देखिएका खोला,नाला,डाडाँ,पाखा,हावा,पानी,आकाश,धर्ति,लगायत पञ्चप्राकृतिकलाई तागेरा निवाभुमाङको नावा चईत वा प्रतिरुपी मानेर पुर्काने गर्छन ।
त्यसैले मुक्कुमलुङलाई आफुले मान्दै पुज्दै आएका मातृ,पितृदेव,प्रमुख देवताको रुपमा मान्छ पुकार्छन र मान्दै पनि आएका छन । तर पछिलो समयमा उच्च नस्लिय जातीबाद बाहुनवाद,हिन्दु सामन्ति सासकहरुले प्राचीन नाम मुक्कुमलुङलाई जर्वजस्त अतिक्रमण गरेर दबाएर नामेट गरि पाथीभरा देवी भनेर नेपाली भाषीहरुले नाम राखिदिए त्यो समय देखि मुक्कुमलुङ नाम ओझेल पर्दै गयो दलबल सहित पाथीभरा माता,पाथीभरा देवी,पञ्चकाली,पञ्चकन्या लगायत अनेक किसिमका उपमा दिएर विश्व ब्यापि रुपमा पाथीभरा देवी माता भनेर प्रचार,प्रसार गर्न थालियो आउने याक्थुङ सन्ततीहरुलाई पनि प्राचीन नाम नै मुक्कुमलुङ होईन पाथीभरा भन्ने सम्म एखोहोरे भनाईयो ।
मुक्कुमलुङ सृष्टिसंग जोडिएको अर्थपुर्ण नाम हो यसलाई सहज तरिकाले अर्थ लगाउन सकिन्छ तर पाथीभरा नाम कुनै शक्तिसंग अर्थ लाग्दैन पाथी भनेको अन्न भर्ने भाडो हो भरा भनेको अन्न भरिएको थुम्को जस्तो हो यहाँ कुनै शक्तिको कुरा आउदैन तर मुक भनेको शक्ति हो लुङ भनेको विशाल चटान पहाड हो शक्ति भएको पहाड वा चटान भने बुझाउ छ मुन्धुमि लिम्बू भाषाबाट ।
यस मुक्कुमलुङ नाम अतिक्रमण भएर पाथीभरा नाम राखिएको १०० बर्ष भन्दा माथी भएको छैन तर मुक्कुमलुङ नाम सृष्टिसंग जोडीएर आएको नाम हो । त्यसैले हामी पुन मुक्कुमलुङ नाम स्थापना गर्न चाहान्छौ । जब सम्म मुक्कुमलुङ नाम पुन स्थापना हुन्दैन तब सम्म आदिम भुमिपुत्र याक्थुङ लिम्बुहरु माथी सोषण अन्याय गरिएको ठहरिने छ उनीहरुको चोत्लुङ शिर ढलेको हुने छ त्यसैले मुक्कुमलुङ नाम पुन स्थापना नहुन जेल मुक्कुमलुङको प्राकृतिक सौन्दर्यता माथी माफियाहरुको अतिक्रमण र गिद्वे नजर नहटुन जेल यो आन्दोलन रोकिने छैन ।
मुक्कुमलुङ यहाँका आदिमकाल देखि बसोबास गर्दै आएका भुमिपुत्र खाम्बोङबा स्सा लुङबोङबा स्साहरुको पहिचानसंग प्रत्यक्ष सम्बन्ध जोडीएको धार्मिक,सांस्कृतिक स्थल हो । आफ्नै मूल्य मान्यता उत्पती मिथकहरु छन मुक्कुमलुङको बारेमा । मुक्कुमलुङलाई स्थानीय रैथाने याक्थुङ लिम्बुहरुले धेरै नामले पुर्काने गरेका छन । मुक्कुमलुङ,मुक्कुमलुङमा,सेमुक्ति,मुक्तुबुङ,सेमुक्ति,मुक्तिगोक,मुगप्लुङमा लगायत धेरै नामले पुकारिन्छ यो सबै नामहरु प्राचीनकाल देखि याक्थुङ लिम्बुहरुले बोल्दै आएका छन ।
मुक्कुमलुङ याक्थुङ लिम्बुहरुको धार्मिक पहिचान, अस्तित्वसंग नङ र मासु जतिकै गहिरो साईनो जोडीएको छ मुक्कुमलुङ स्थानी रैथाने याक्थुङहरुको पहिचानसंग प्रत्यक्ष जोडिन्छ भन्दा अच्चम मान्नु पर्ने छैन । हरेक जाती समुदायहरुको थाकथलो भाषा,लिपि,धर्म,संस्कार,रितिरिवाज,चालचलन,धार्मिक सांस्कृतिक चिनारी दिन पहिचानहरु हुन छन जस्तै हिन्दुहरुको धार्मिक स्थल बनारस,केदाथान,मुक्तिथान हो भने बौद्वमार्गीहरुको लुम्बिनी,मुस्लिमहरु मकामदिना भने झै याक्थुङ लिम्बुहरुको मुख्य धार्मिक स्थल मध्ये एक पवित्र सर्व शक्तमान युमाङमाको आसन स्थल मुक्कुमलुङ हो ।
जसरी बनारस हिन्दु धर्मसंग सम्बन्ध भएतापनि विभिन्न धर्ममा आस्था राख्नेहरुले बनारस गएर तिर्थबर्त गर्छन । त्यहा हिन्दु मान्ने मात्र जानू पर्छ भन्ने छैन तर विशेष हिन्दुहरुको धार्मिकता संग जोडिने गरिन्छ । लुम्बिनी बुद्वमार्गीहरुसंग सम्बन्ध छ तर त्यहा संसारका बिबिध धर्ममा आस्थावानहरु आउने गर्छन तर बुद्वधर्मलवम्बीहरुको पवित्र धार्मिक भुमि भनेर परिचय दिने गरिन्छ हो । त्यसरी नै मुक्कुमलुङ किरात धर्मलवम्बी वा याक्थुङहरुको पवित्र धार्मिक भुमि आस्थाको केन्द्र हो तर यश धार्मिक स्थल विशेष गरि याक्थुङ मुन्धुमसंग जोडीएता पनि हामी विभिन्न धर्ममा आस्थावानहरुको साझा धार्मिक स्थलको रुपमा पुकार्दै आएका छौ । मुक्कुमलुङ नाम रहयो भने लिम्बू जातीहरुको मात्र हुने छ भनेर सोच्न गलत हो कुनै तर यहाँ कुरा के छ भने प्राचीन नाम मुक्कुमलुङ हुन्दा हुन्दै किन पाथीभरा राखियो अब प्राचीन नाम मुक्कुमलुङ पुन स्थानपना हुनु पर्छ भने हो ।
मुक्कमलुङ मेन्निमाङ मेन्धामाङ माङ परम सर्व शक्तिमान पञ्चप्रकृति सारा ब्रामण्ड सृष्टिकर्ता उहीँ तागेरा निङवाभुमाङको स्वरुपको रुपमा पुज्ने पुकार्ने गर्छन । मुक्कुमलुङ बिश्वको कै शक्तिशालि देव धाम तिर्थधामको रुपमा संसारमा चर्चित छ । यहाँका आदिमकाल देखि बसोबास गर्दै आएका याक्थुङ रैथानेहरुले मुक्कुमलुङ युमामाङ शक्ति पिठलाई ज्ञान,बिबेक,चेतना,,धन,जन,शिद्वी शक्तिको मुल स्रोत विश्व मानव जगत सकल प्राणी रक्षका खानि वा दाताको दृश्टिकोणले हेर्दै पुज्दै आएका छन ।
स्थानीय याक्थुङ लिम्बु तुतु तुम्याहाङहरुले भन्ने गरेका छन मुक्कुमलुङ लिम्बुवान भुमिको सबै भन्दा शक्तिशालि देवता युमामाङको प्रतिक हो । यहाँ जो कोहिले आफ्ना लक्ष्य प्राप्तिका लागि संकल्प गर्छ । त्यो मान्छे कहिले पनि हार खाएर खालि हात फर्किनु पर्दैन परेको छैन तर यसको लागि केही दुख कष्ट गर्नु पर्छ । मुक्कुमलुङ युमाङको आर्शिवाद लिन पाउनका लागि पाउ कष्टपनि गर्नु पर्छ भन्छन स्थानीय याक्थुङ समुदाय अग्रजहरु याक्थुङ लिम्बुहरु धेरै अगाडि देखि नै कपासको खेती गरेर चर्खामा धागो काडेर मुक्कुमलुङको काखमा रहेको फेदिबाट नै खिई धागो टांगेर मुक्कुमलुङ युमामाङको धाम सम्म लगिन्थेयो त्यो समयमा धागोको डोरो निकै ठुलो हुन्थेयोरे किनकी कुनै मान्छेको आयु सकिन्न लागेको छ वा छैन भने पता लाग्थेयो रे धागो टाङदै जान्दा बिचमा कतै चुडियो भने आफ्ना आयु थेरै भएको सकिन लागेको बुझिन्थेयो रे त्यस पछि तुम्याहाङ,साम्बा, फेदाङमा वा सेवासाबाहरुले मुक्कुमलुङ युमा माङसग आयु वरदान माग्ने चलन चल्ती रहेको र धागो
नचुडि पुग्यो भने आयु पुरा हुने जनबिश्वास भएको र धागो टांग्नुको महत्व रहेको भनाई छ
त्यो कार्य प्राचिन समय देखि नै याक्थुङ समुदायले गर्दै आएको देखिन्छ ।आज पनि त्यो कार्य निरन्तरता नै छ ।
मुक्कुमलुङमा केहि समस्या आयो भने कुनै कुकार्य कुकर्म भयो भने मुक्कुमलुङको काखमा वा सेरोफोरका गाउँ बस्तीलाई दुखदिने दैविक प्रकोप हुने हावा,पानी,असिना बाडि, पहिरो,आग्लागि, दुर्घटना जस्तो कार्य हुने यस कार्यले ठुला ठुला धनजनको क्षति हुने । गाउबस्ति समाज देखि देशमै अशान्ति हुने हिजो देखि जनबिश्वा रहिआएको छ । आज पनि स्थानीय याक्थुङ समाजका अग्रजहरुले गाउघरमा कुनै अप्रिय घटना घटयो भने मुक्कुमलुङमा केहि बिथोल भयो भनेर पुर्व र उतर फर्केर चोखो,नितो भएर धुपपाती दिएर लिम्बु भाषाबाट मुन्धुम वाचन गर्दै सेवा चडाउने गाउबस्ती यथावत जिवित छ ।

मक्कुमलुङमा बन्ने केवलकार बिकास होईन बिनासकारी हो ।
बिश्व परिबर्तनशील छ । हरेक कुराहरु प्रत्येक समय दिनमा केहि न केहि नयाँ रुप लिइरहेको हुन्छ तर यो भईरहेको छ भन्दैमा सबै कुरा बिकासको नाममा परिबर्तनको नाममा हुन सक्दैन । अब कुरा गरौ मुक्कुमलुङ केवलकारको बिषयमा मुक्कुमलुङमा केवलकार राख्न बिकास हो वा बिनास हो । बाहिरी आँखाले हेर्दा त बिकास हो । केवलकार बन्यो भने मजा आउछ डेटिङ स्पोर्ट हुन्छ दोब्बर तिर्थ यात्री आउछन ताप्लेजुङको आर्थिक बिकासमा सात फन्को फेरो मार्छ यातायात,होटल,लगायत कुरामा उन्नती प्रगति हुन्छ मुक्कुमलुङ जान्दा हिडन पर्दैन
यावत कुराहरु होला न होला तर समग्रम हेरिनु ठिक होला तर हामीले बुझ्नु पर्ने कुरा कुन लक्ष्य कुन उदेश्यले मुक्कुमलुङमा निर्माण हुने केवलकारलाई बिकास भन्दै छौं र मुक्कुमलुङ केसंग सम्बन्धी छ कुन खालको बिकास रुचाउछ मुक्कुमलुङले यो कुरा पहिचान गर्न जरुछ ।

मुक्कुमलुङमा केवलकार बनिनु भनेको पहिलो कुरा त मुक्कुमलुङको प्राकृतिक सौन्दर्यता बिनास गर्नु हो । त्यहाका जैविक विविधता,पर्यावरण जस्ता प्राकृतिक स्रोत साधनलाई नस्ट गरि कुरुप बनाउन हो । सिंगो याक्थुङ रैथानेहरुको मुन्धुमि पवित्रता माथी अतिक्रमण गर्नु हो ति समुदायहरुको माङगेन्ना चोत्लुङ शिर ढाल्नु हो । हजारौ लाखौं मुक्कुमलुङ आस्थावान भक्तजनहरुको अस्था माथी लात हानि खेलवाट गर्नु हो । जानी जानी भ्रष्टचारी,भुमाफिया,तस्कर जनता मारा लुटेराहरुको हातमा मुक्कुमलुङ को अस्मिता तिनीहरुको हातमा सम्पिनु हो त्यसैले मुक्कुमलुङले खोजेको बिकास यस्तो होईन ।
मुक्कुमलुङ आफैमा पवित्र धार्मिक स्थल हो मुक्कुमलुङले खोजेको बिकास पबित्रता स्वच्छाता,प्राकृतिक सौन्दर्यता,हिजो जो थियो त्यो खोजेको हो । मुक्कुमलुङ आफैमा केवलकार हो,भ्युटावर हो । कसैले फुर्का लगाएर सजाई राख्न पर्दैन मुक्कुमलुङ हिजो सृष्टिको सुभारम्भ देखि नै हरेक कुराले सजिएर सजावट भएर उभिएको संसारकै शक्तिशाली धार्मिक स्थल हो सधै यसरी नै रहन रुचाउ छ मुक्कुमलुङ यहि हो मुक्कुमलुङले खोजेको बिकास ।
बिकास नाममा मुक्कुमलुङलाई त ढाटेढाटे तर सिंगा प्रभावित क्षेत्रका जनता र सरोकारवाला जनताहरुलाई पनि बाख्राको टाउको देखाएर कुकुरको मासु बोचिरहेका छन ।
केवलकारवालाहरुले गाउका ठुलाबडा भन्ने केहि साँडेहरुलाई हातमा लिएर जवर्जस्त स्थानीय जनताको आवाज र अधिकारलाई बेवस्ता गरि पैसा र पावरको भरमा केवलकार निमार्ण गर्ने कुचेष्टा गरिरहेको छ । तर यो कार्यले भोलि गएर बिकराल समस्या आउदैन भन्न सकिन्न ।
स्थानीय जनता र स्थानीय सरकारलाई बाईपास गरि सहमति सहकार्य बेगर अगाडि बडनु भनेको आगोको भुप्रोमा हाम्फाल्नु हो । स्थानीय जनताहरुको प्रत्यक्ष सहभागिता र मन्जुरी बिनाको बिकास होईन बिनास हो । केवलकार कम्पनिले अहिले सम्म जनताहरुको प्रश्नलाई सहि तवरले जवाफ दिएको छैन । बिकास भन्दै एउटा निजि कम्पनिलाई काखि च्यापेर जनताको आवाजलाई बेवस्ता गरिरहेको छ आजको ओेलि सरकार ।
मुक्कुमलुङमा केवलकार बन्नयो भने ताप्लेजुङको सिंगो बिकास हुने छ भनेर हावा बतासको कुरा गरेर सोजा सिधा जनतालाई फकाईदै छ । आज पो उनीहरुले त्यो कुरा गर्छन जब बनिसके पछि ठुलो बोरामा लगाएर भिरतिर फ्याक्ने छ यो कुराहरु काठमाण्डौ देखि मुक्कुमलुङ सम्म ति कम्पनिको एक लौउटी राज हुने छ । होटल लज,गाडी,काउण्ट,हेलिकप्टर मान्छे कर्मचारी, सानातिना पुजासेवामा प्रयोग हुन सबै सामाग्रि कम्पनीको मात्र हुने छ । हिजो देखि फेदिमा बसेका होलट ब्यावसियहरु मानव सेवामा खटेकार बसेका दुई तिन सय जना युवाहरुको रोजिरोटी के हालत हुने हो थाहा छैन । ताप्लेजुङका यातायात ब्यावसायि, होटलवालाहरुले हात धुएर झिंगा धपाउदै बस्ने दिन आउन सक्छ छ ।
मुक्कुमलुङमा केवलकार निमार्ण गर्नु फलामको चिउरा चपाउनु जति नै हो ।
लामो समय देखि मक्कुमलुङ संरक्षण गर्न र मुक्कुमलुङ बचाउ अभियान संचालन गर्दै बिभिन्न संघ,सस्थाहरुले संयुक्त रुपमा संघर्ष गर्दै आएका छन । मुक्कुमलुङ याक्थुङ लिम्बुहरुको मुन्धुमसंग जोडीएको धार्मिक स्थल हो भने हजारौ लाखौ आस्थावानहरुको आस्थाको केन्द्र बिन्दु हो । बिषेश गरि धार्मिक सास्कृतिक स्थलको रुपमा चिन्ने मुक्कुमलुङ पछिलो समय केहि बर्ष यता देखि ब्यक्तिगत स्वार्थ बोकेका माफिहरुले मुक्कुमलुङलाई नाफामुखि ब्यापारिक केन्द्र बनाउ न्वारानको बल लगाएर लागि परेका छन । तर पहिचानवादी संघ संस्था र स्थानीय सरोकारवालाहरुले यो कार्यलाई पटकपटक प्रतिकार गरि सकेका छन । मुक्कुमलुङ कसैको निजि ब्यापरिक केन्द्र होईन यो धार्मिक स्थल हो बिकासको नाममा बिनास गर्न पाईदैन प्राकृतिक सौन्दर्यतालाई नस्ट गर्न पाईदैन स्थानीय जनतालाई झुक्याउन पाईदैन भनेर अबोरोध गरिरहेका छन तर आन्दोलन कारीहरुको मागलाई बेवस्ता गर्दै कहिले प्रशासनको आड लिएर चोरि दाउमा रुख काटने लगायत गतिबिधि गतिबिधी गर्दै आउने क्रममा पटक पटक झडप हुन्दै आएको छ । केवलकारवालाहरुले जुन सुकै निति अपनाए पनि मुक्कुमलुङ संयुक्त संघर्ष समिति कुनै हालतमा फर्किनेवाला छैन रोकिने देखिन्दैन संघर्ष समितिहरु हिजोको जस्तो कम्जोर छैन आज यस आन्दोलनमा किरात याक्थुङ चुम्लुङ,किरात धर्म साहित्य उत्थान संघ,कोशी नाम खारेजी संयुक्त संघर्ष समिति,केवलकार खारेजी समिति,मुक्कुमलुङ संयुक्त संघर्ष समिति,याक्थुङ थरगत सहजिकरण र मुक्कुमलुङ ताङसेप चुम्भो लगाय बिभिन्न पहिचानवादी संघसस्थाहरु यस आन्दोलनमा संग्लन छन ।
यो अबस्थामा केवलकारवालाहरुले आफ्ना गतिबिधी नरोके परिस्थिती तत्कालै मात्र होईन पछि सम्म यो आन्दोनल लम्बिने देखिन्छ । अझ यस आन्दोलनलाई मजबुत बनाउन रहेक जिल्ला जिल्ला गाउबस्ती नगरमा संघर्ष समिति गठन हुने जारि छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo