श्रावण १० गते २०८३
09:39: AM
श्रावण १० गते २०८३
09:39: AM

वडा अध्यक्ष नै बैदेशिक रोजगारीमा गए पछि

भाद्र २६ गते २०८१
8:05 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सिरिजंघा गाँपालिकाका एक वडा अध्यक्ष करिब एक वर्ष देखि वडा कार्यालय अनुपस्थित भएको छ । बैदेशिक रोजगारीमा गएसंगै वडा कार्यालयमा अनुपस्थित भएको हो ।
सिरिजंघा गाउँपालिका वडा—३ का वडा अध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीमा गएसंगै वडा अध्यक्ष विहिन भएको हो । लामो समय वडामा भएकाले दैनिक कार्य र विकास गतिविधि प्रभावित भएको स्थानीयको भनाइ रहेको छ । वडाध्यक्ष बोखिम २०८० कार्तिक २४ गते वैदेशिक रोजगारीका लागि हंकङ गएपछि कार्यवाहक अध्यक्षमार्फत् वडाका काम अगाडि बढाइए पनि स्थानीयबासीले विकासको गति सुस्त भएको गुनासो गरेका छन् । वडा अध्यक्ष खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयहरुले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र समेत बुझाएको छ
वडाध्यक्षको अनुपस्थितिले गर्दा वडाका जनप्रतिनिधिहरूले समन्वय गरी योजना कार्यान्वयन गर्न कठिनाइ भोगिरहेको स्थानीयहरूको भनाइ छ । विशेषगरी, वडाभर सार्वजनिक सेवा, स्वास्थ्य, र पूर्वाधार निर्माणका काममा अवरोध आइरहेको जनाइएको छ । यसै सन्दर्भमा, गत सात स्थानीयले गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै तत्काल वडाध्यक्षलाई फर्काउन वा काम गर्न नसक्ने अवस्थामा राजीनामा दिन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
वडा अध्यक्ष दिल प्रसाद बोखिमले सिकैचा वडाका विकास निर्माण तथा जनताको जनप्रतिनिधिका रूपमा आफूलाई निर्वाचित भएको आधारमा जनमतलाई आदर गर्दै मतदाताको अभिभावक स्थापनाको कार्य गरे तापनि आज मिति सम्म आफ्नै जिम्मेवारबाट पन्छिएर वैदेशिक रोजगारको सिलसिलामा विशेष जिम्मेवारीबाट पन्छिएर विदेश गएको कुरा अत्यन्तै दुःखद विषय भएको स्थानीयको भनाइ रहेको छ ।
ज्ञापनपत्रमा भनिएको छ “जनताको प्रतिनिधित्व गर्ने आधारमा संविधान कार्यान्वयन गर्ने व्यक्ति जिम्मेवारी हुनाले कसरी विकास हुन्छ ? गाउँपालिकामा जस्तो वडामा प्रतिनिधित्व गर्ने नेतृत्व विहीन जनताको दृष्टिकोण कस्तो हुन्छ ?”
ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूमा छत्र काङभा, शक्तिलाल पौडेल, अमित काङभा, मणिकुमार लिम्बु, निर्मलकुमार युवागु, र छविलला निरौलाको नाम समावेश छ । उहाँहरूले वडामा रहेका विभिन्न समस्याको तत्काल समाधान नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
सिरिजंघा गाउँपालिकाको उपाध्यक्ष चित्र माबोले भन्नुभयो“हामीले भखरै मात्र थाहा पायौं । वडा अध्यक्ष बिदेश तिर गएको । थाहा पाउँन साथ उहाँले पाउँने सेवा सुविधा रोका गर्न कर्मचारीहरुलाई भनेको छु । हामीले कुनै कारवाही गर्ने आधिकार छैन । त्यसै अहिले वडा सदश्यलाई कार्यवाहक वडा अध्यक्ष जिम्मेवारी दिएको छ ।” …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo