श्रावण १ गते २०८३
02:52: AM
श्रावण १ गते २०८३
02:52: AM

आस्फोर्ड, केन्टमा फुरुम्बो-पालुङवा समुदायको विशेष भेटघाट उत्साहपूर्वक सम्पन्न

भाद्र १२ गते २०८१
8:32 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बो चरपे/युके
बेलायतको आस्फोर्ड, केन्टमा फुरुम्बो, पालुङवा समुदायका दाजुभाइ, चेलीबेटी, ज्वाइँचेला, र भान्जा(भान्जीहरूको विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। गत आइतबार आस्फोर्ड केन्टस्थित विहिवारे सभा हलमा आयोजना गरिएको यस कार्यक्रम फुरुम्बो(पालुङवा सयङद्वारा आयोजित थियो, जसमा स्थानीय तथा अतिथिहरूको उत्साहपूर्ण सहभागिता रह्यो।

कार्यक्रमको प्रमुख उद्देश्य आस्फोर्ड केन्ट क्षेत्रमा बसोबास गर्दै आएका फुरुम्बो(पालुङवा समुदायका सदस्यहरूबीचको सम्बन्धलाई अझै नजिक बनाउनु थियो। कार्यक्रम संयोजक दिल पालुङवाका अनुसार, यस पटक विशेषगरी आस्फोर्ड केन्टमा बस्ने फुरुम्बो(पालुङवा दाजुभाइहरूको मात्र भेटघाट आयोजना गरिएको हो। गत वर्ष बेलायतको फेल्थाममा युकेभरि छरिएर रहेका दाजुभाइहरूको भेला गरिएको भए पनि, यस वर्ष विभिन्न कारणले गर्दा ठूलो कार्यक्रम गर्न नसकिएको र आगामी वर्षमा भने सधैँझैँ ठूलो भेटघाट कार्यक्रम आयोजना गर्ने योजना रहेको उनले जानकारी दिए।

यस पटकको भेटघाट कार्यक्रमको विशेष पक्ष फुरुम्बो समुदायका सदस्यहरूको सहभागिता थियो। नेपालबाट भिजिटमा आएका पूर्व आदिवासी जनजाति महासंघ ताप्लेजुङका अध्यक्ष साइनुमा भाञ्जा भद्र बोखिम, चर्चित लिम्बू भाषा, पालाम हाक्पारे गायक जीवन केदेम, र अन्य नयाँ आगन्तुकहरूलाई जेष्ठ अभिभावक रत्न फुरुम्बोले सिलाम साक्मा लगाएर स्वागत गरे।

कार्यक्रमलाई संगीतमय बनाउँदै अतिथि कलाकार जीवन केदेम, भगवती थलङ, र माक्सती ओख्राबुले बिजोड प्रस्तुति दिए। साथै, ओइसुम साबाँ, डेनिस पालुङवा, र दिवान पालुङवाको सानदार नृत्यले सहभागीहरूलाई मोहित बनायो।

यस सफल कार्यक्रमलाई अझै सजीव बनाउन आस्फोर्ड केन्टका दाजुभाइ, चेलीबेटी, ज्वाइँचेला, भान्जा, र भान्जीहरूको उल्लेखनीय उपस्थिति रह्यो। कार्यक्रमको सम्पूर्ण संयोजन दिल पालुङवाले गरेका थिए।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo