श्रावण १० गते २०८३
07:59: AM
श्रावण १० गते २०८३
07:59: AM

सगरमाथा युथ क्लबले बुटवल लुम्बिनी एफसीलाई स्तब्ध पार्दै सेमीफाइनलमा प्रवेश

भाद्र ५ गते २०८१
5:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

दोस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको क्वार्टरफाइनलमा सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङ बिराटचौकको सगरमाथा युथ क्लबले बुटवल लुम्बिनी एफसीलाई १–० ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो
जितसंगै सगरमाथा युथ क्लबलाई सेमीफाइनलमा संघर्ष स्पोर्टिङ क्लब फुङलिङसँग भिड्ने अवसर दिएको छ । खेलको १९औं मिनेटमा सगरमाथाका सुशिल राईले निर्णायक गोल गर्दै बुटवल लुम्बिनीलाई स्तब्ध पारे। बुटवलका गोलरक्षक बिनय श्रेष्ठले राईको प्रहार रोक्न नसक्दा उक्त गोलले खेलको अन्तिम निर्णय ग¥यो। सगरमाथा युथ क्लबका कप्तान अशोक खवास म्यान अफ द म्याच घोषित भए र उहाँ नगद ५ हजार रुपैयाँ पनि प्राप्त गर्नुभयो ।
बुटवल लुम्बिनी एफसीले रिचार्ड, बाओटिङ, हेनरी र एपियासहित चार विदेशी खेलाडी मैदानमा उतारे तापनि, मोरङका खेलाडीहरूले बलियो प्रतिरोध गर्दा बुटवलले आफ्नो खेल लय गुमायो । खेलको अन्त्यतिर दुबै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि थप गोल गर्न असफल भए ।
अब, बिहीबार अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग भिड्दैछ । आर्मीले भरत खवास र नवयुग श्रेष्ठजस्ता राष्ट्रिय स्तरका खेलाडीहरूलाई मैदानमा उतार्दै ताप्लेजुङ गोल्डकपको उपाधि दाबी गर्न तयार छ ।
तियोगिताको बिजेता नगद ५ लाख उपबिजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न बिधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।
क्वाटर फाईनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यबस्था गरिएको छ । सेमिफाईनलमा २ सय र फाईनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बाबजुत दर्शकका सुबिधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo