श्रावण १० गते २०८३
10:41: AM
श्रावण १० गते २०८३
10:41: AM

किरात याक्युङ चुम्लुङ युके आस्फोर्डको कार्य विभाजन गर्ने

श्रावण २० गते २०८१
6:37 am
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बाे चरपे/युके

लिम्बूहरुको साँझ संस्था किरात याक्थुङ चुम्लुङ युके शाखाले कार्य विभाजन गर्ने भएको छ । ३ अगस्ट गते शनिवार चुम्लुङ युके शाखा आस्फोर्ड केन्टको छैटौं अधिवेशनबाट निबार्चित नव कार्य समितिको पहिलो बैठकले कार्य विभाजन गर्ने निर्णय गरको हो ।


सुन्दर लिङथेपको अध्यक्षतामा संचालन भएको बैठकमा निबर्तमान अध्यक्ष सुदिप थोप्राले संस्थाको कागजात सहित संस्थामा भएको भौतिक सम्पतिहरु ओैपचारिक रुपमा नव निर्वाचित अध्यक्षलाई हस्तातरण गर्नु भएको थियो । सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टको सभाहलमा बसिएको बैकमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय निवर्तमान उपाध्यक्ष गणेश इजम,किरात याक्थुङ चुम्लुङ युके केन्द्रीय सल्लाहकार पदम आङबुहाङ,किरात याक्थुङ चुम्लुङ थामेन्दिङ मा का सहसचिव सकुन्तला नेम्बाङहरुको उपस्थितिमा पहिलो बैठक बसिएको हो ।

उक्त बैठकमा संस्थाको कागजात हस्तातरण साथै विभिन्न बिषय माथी छलफल हुनका साथ भाबियोजना समेत बैठकमा बृहत् छलफल गरिएको थियो । भने सल्लाकाहरु समेत मनोनित गरिएको थियो मनोनित हुनेहरुमा सुदिप थोप्रा,काजी साम्यु,पदम आङबुहाङ,पुर्ण मादेन, राजेन्द्र खिम्दिङ,अमरजङ लिम्बू र टंक येक्तेनहरु किरात याक्थुङ चुम्लुङ युके आस्फोर्ड शाखामा मनोनय भएका हुन ।सुन्दर लिङथेपको अध्यक्षमा बसेको उक्त दिनको बैठकले कार्य बिभाजन समेत निर्णय गरिको भने बैठक संस्थाका सचिव लालहाङ थलङले संचालन गर्नु भएको थियो ।
किरात याक्युङ चुम्लुङ युके शाखाले याक्युङ (लिम्बू) समुदायको सांस्कृतिक, सामाजिक, र शैक्षिक विकासको लागि कार्य गर्दै आएको छ । युके शाखाले अन्य देशहरूमा रहेका याक्युङ समुदायको एकता, प्रगति, र पहिचानको संरक्षणको लागि समर्पित हुदै आएको छ । किरात याक्युङ चुम्लुङले विभिन्न सांस्कृतिक कार्यक्रम, कार्यशाला, र सामाजिक सेवा गतिविधिहरू आयोजना गरी समुदायको विकासमा योगदान पुर्याउँदै आएको छ । संस्थाको मुख्य उद्देश्य याक्युङ समुदायको भाषा, संस्कृति, र परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्नु हो। यस संस्थाले युवाहरूलाई शिक्षामा प्रोत्साहन गर्न तथा आर्थिक सहयोग उपलब्ध गराउन विशेष पहल गदै आएको छ । किरात याक्युङ चुम्लुङले विश्वभरिका याक्युङहरूलाई एकीकृत गरी सामाजिक न्याय, समानता, र अधिकारको लागि संघर्ष गर्दै आइरहेको छ । यसको महत्वपूर्ण भूमिका समुदायमा एकता र पहिचानको भावना जगाउने कार्य गदै आएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo