श्रावण १० गते २०८३
11:45: AM
श्रावण १० गते २०८३
11:45: AM

शेर्पा भाषा संरक्षणका लागि युवाको सक्रियता

श्रावण १८ गते २०८१
8:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

शेर्पा भाषा लोप हुने खतरा बढ्दै गएकाले युवापुस्ताले यसको संरक्षणमा सक्रियता देखाउन थालेका छन् । शेर्पा भाषाको संरक्षण र प्रवर्द्धनको निम्ति भाषा प्रशिक्षण कार्यक्रमहरु गर्न थालेका छन् ।
नेपाल शेर्पा सङ्घ जिल्ला कार्यसमितिले गत असार १८ गतेदेखि सञ्चालन गरेको एक महिने शेर्पा भाषा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भाषा प्रशिक्षणमा युवा पुस्ताहरु उत्साह जनक सहभागि जनाएको आयोजनकले जनाएको छ । नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष पासाङ रिता शेर्पाका अनुसार, यो तालिमले भाषा संरक्षणमा ठूलो योगदान दिने विश्वास रहेको बताउनुभयो ।
तालिमको प्रशिक्षण संघका संस्थापक अध्यक्ष मात्रिका शेर्पाले दिनुभएको थियो । प्रशिक्षण फुङलिङ नगरपालिका—२ स्थित आदिवासी जनजातिको भवनमा सञ्चालन भएको थियो भने समापन कार्यक्रम होटल पाथिभरामा सम्पन्न भएको आयोजकले जनाएका छन् ।
प्रशिक्षणमा सहभागी बुधमाया तामाङले आफू पहिले आफ्नो भाषा बोल्न जान्ने भए पनि लेख्न नजान्ने भएकाले तालिमले लेख्न सक्ने र संस्कार–संस्कृति समेत सिक्ने अवसर मिलेको उहाँले बताउनुभयो । सम्पोटा लिपिमा विशेष गरी शेर्पा, गुरुङ, र तामाङ समुदायले अध्ययन हुने गरेको प्रशिक्षक शेर्पाले बताउनभयो ।
अध्यक्ष पासाङ रिता शेर्पाका अनुसार, हाल ताप्लेजुङ जिल्लाको ६ वटा स्थानीय तहमा सम्पोटा लिपि पढाई भइरहेको छ । यस प्रकारका कार्यक्रमहरूले शेर्पा भाषाको संरक्षणमा ठुलो योगदान पु¥याउने र आगामी पुस्ताहरूलाई भाषा र संस्कृतिप्रति सचेत बनाउने अपेक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo