किरात याम्यो साक्थिम्गेन् युकेद्वारा माङलाङ प्रस्तुत
Phaktanglung Darpan
असार ३१ गते २०८१
5:01 pm
फक्ताङलुङ दर्पण
सिक्कुम ज्ञानु फुरुम्बो चरपे/युके संसारको जुनसुकै कुना कन्दरामा बसेता पनि आफ्ना मौलिकतालाई संरक्षण गर्नु नै आफु र आफ्ना पहिचान र अस्तित्व जिवित रहनु हो भने झै , १३ जुलाई २०२४ का शनिवारका दिन किरात याक्थुङ चुम्लुङ युकेको आयोजनामा भएको सिसेक्पा तङनाम् कार्यक्रममा किरात साम्यो साक्थिगेन् पान्जुम्भो युकेले मौलिक नाच माङलाङ केलाङ प्रस्तुत गरेको हो किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युके आवद्व किरात साम्यो साक्थिम्गेन् पान्जुम्भो युकेले बिगत समय देखि नै यसरी बिभिन्न कार्यक्रमहरुमा सहभागी जनाउदै आएको छ । माङलाङ बिषेश गरि यसको मिथक अनुसार सृष्टिको काल खण्ड देखि नै उहि तागेरा निङवाभुमाङलाई खुसि पार्न र आफ्ना मातृदेव,पितृदेवलाई मुन्धुम बाचन गर्दै नाचेर वा मुन्धुमलाई मिठो सुरीलो भाका र लयमा गाएर माङलाई खुसि पार्ने गर्थे उहि माङलाई खुसि पार्नका लागि हाम्रो पुर्खाहरुले अंगाल्दै आएका माङलाङ वा देवनाच नै माङलाङको रुपमा बिकसित भएको हो । माङलाङ एक प्राचीन,प्रकृतिक नाचको रुपमा हेरिने गरिएको किरात साम्यो साक्थिगेन्न पान्जुम्भो युकेका अध्यक्ष सिक्कुम फुरुम्बो चरपे बताउछन् । मौलिक भेषभुषा तागावा र मेक्लि लगाएर कलाकारहरुले सक्दो रुपमा माङलाङ केलाङ प्रस्तुत गरेका हुन उक्त भेषभुषा र नाचलाई देखेर उपस्थित दर्शकहरुले निकै रुचाएका थिए भने अति नै प्रशंसा पनि गरेका थिए यसै गरि उक्त माङलाङको बिषयमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष तथा सांस्कृतिक बिभाग प्रमुख निर्मल पतङवाले माङलाङको बारेमा ब्याख्या गर्नु भएको थियो । आउदो पुस्तालाईहरुलाई मौलिकताको डोरोमा हिडाउन र आफ्ना मौलिक ,पहिचान, सांस्कृतिक प्रति इच्छा र उत्साह जागोस भनि किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष,उपाध्यक्षहरु,सहल्लाहकार लगायत पदाधिकारीहरु उपस्थित भएर हौसला दिएका थिए भने आगामी दिनहरुमा पनि यसलाई निरन्तरता राख्न उक्त दिन कलाकारहरुलाई बिषेश सम्मानका साथ बिदाई गरिएको थियो ।