श्रावण ४ गते २०८३
12:49: PM
श्रावण ४ गते २०८३
12:49: PM

किरात याक्थुङ चुम्लुङ आस्फोड शाखाको अध्यक्षमा सुन्दर लिङथेप

असार २५ गते २०८१
8:45 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम ज्ञानु फुरुम्बो चरपे/आस्फाेड

किरा याक्थुङ चुम्लुङ आस्फाेड शाखाकाे अध्यक्षमा सुन्दर लिङथेप । सिक्कुम ज्ञानु फुरुम्बाे चरपे । लामाे समय देखि आफ्ना माैलिकता,परम्परा र अस्तित्वलाई संरक्षण गर्दै आएका लिम्बुहरुकाे साझा मातृ संस्था किरात याक्थुङ चुम्लुङ आस्फाेर्ड शाखाकाे छैटाैं अधिवेशन भएकाे छ ।

७ जुलाई २०२४ का दिन किरात याक्थुङ चुम्लुङ आस्फोर्ड शाखाकाे छैटौं अधिवेशनबाट सुन्दर लिङथेपको अध्यक्षतामा २७ सदस्यीय कार्य समितिको निर्वाचित भएका छन । अध्यक्षमा सुन्दर लिङथेप,उपाध्यक्षहरुमा तुलबिर वनेम, दिवस थोप्रा चयन भएका छन सचिवमा लाहाङ थलङ, सहसचिवमा नरेश बिक्रम नेम्बाङ, कोषाध्यक्षमा सन्त फाबेन, सहकोषाध्यक्षमा रबिनशन मादेन, निबार्चित भएका हुन त्यस्तै भाषा तथा साहित्य सचिवमा सिशिर सम्बाहाङफे, सास्कृतिक सचिवमा माक्सति ओख्राबो, सास्कृतिक उप-सचिवहरुमा धन कुमार थलङ, गोकुल लिबाङ, राजेन्द्र नेम्बाङ चयन भएका छन भने सदस्यहरुमा, डम्बर खापुङ, बुद्दिबीर जवेगु, राई बहादुर मादेन, निसुमा मुसाहाङ,सिक्कुम ज्ञानु फुरुम्बो, जितेन्द्र चेम्जोङ, सुक तुम्रोक, भगवति लिम्बु, नर माखिम, सुरेन्द्र थेबे, प्रकाश चोङबाङ, शान्ति लिम्बु, अनिता मादेन, टकेन्द्र थेबे, बन्दुबिक्रम थेबे निर्वाचित भएका छन् । भने आस्फाेर्ड शाखाबाट किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्यका लागि पुन टंक येङदेनलाई दाेर्याएर पठाएका हुन । आस्फाेर्ड रहेकाे फ्रन्सिस सभाहलमा भएकाे कार्यक्रम किरात याक्थुङ चुम्लुङ आस्फाेड शाखाका अध्यक्ष सुदिप थाेप्राकाे अध्यक्षता रहेकाे थियाे भने पुर्ब किरात याक्थुङ चुम्लुङ युकेकाे अध्यक्ष हाल सगरमाथा गाेर्खा नेपाली समाज आस्फाेर्डका अध्यक्ष डम्बर सिंगककाे प्रमुख आथित्य रहेकाे थियाे ।

अतिथिहरुमा किरात याक्थुङ चुम्लुङ युकेका पुर्व महासचिव निबर्तमान उपाध्यक्ष गणेश इजम,पुर्व सचिव विश्वासदिप तिगेला,लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम,केन्द्रीय सहल्लाहकार पदम आङबुहाङ,पुर्व काेषध्यक्ष देव आङबुहाङ,याक्थुङ वेन्सा चुम्भाेका निवर्तमान अध्यक्ष लाहाङ चेम्जाेङ,याक्थुङ साम्लाे दाङबा गायक जीवन केदेम लगायत अतिथिहरुकाे उपस्तिथि रहेकाे थियाे । यश छैटाैं अधिवेशनलाई सफल पार्न आस्फाेर्डमा बसाेबास गर्ने याक्थुङ लिम्बुहरुकाे बाक्लाे उपस्तिथी रहेकाे थियाे ।उक्त कार्यक्रममा सांगठानिक प्रतिवेदन सहसचिव डम्बर खापुङले प्रस्तुत गरेका थिए भने सह-कोषाध्यक्ष सन्त फावेनबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे । भने लिम्बू भाषा साहित्यमा लामाे समय देखि आफ्ना लय दिन्दै आउनु भएका याक्थुङ साम्लाेदाङबा जीवन केदेमलाई सम्मान गरिएकाे थियाे सुदिप थाेप्राकाे अध्यक्षता रहेकाे उक्त कार्यक्रममा प्रमुख अतिथिद्वारा नव कार्य समितिहरुलाई सफत ग्रहण गराउनु भएकाे थियाे । भने सहसचिव डम्बर खापुङले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo