श्रावण १० गते २०८३
11:45: AM
श्रावण १० गते २०८३
11:45: AM

याक्थुङ वेन्सा चुम्भो युकेको नयाँ कार्यसमिति गठन

असार २० गते २०८१
8:01 am
Author Avatar
फक्ताङलुङ दर्पण

ज्ञानु फुरुम्बो सिक्कुम चरपे,

किरात याक्थुङ चुम्लुङ युकेको भातृ संस्थाका रुपमा गठन भएको वेन्सा चुम्भो युकेको प्रथम ऐतिहासिक सम्मेलनबाट हाङमा लावतीको अध्यक्षतामा नवकार्य समिती निबार्चित भएका छन ।गत शनिबार किरात याक्थुङ युकेको चुम्लुङदेन सभाहलमा भएको सम्मेलनले उक्त याक्थुङ वेन्सा चुम्भोको नवकार्य समिति चयन गरेको हो ।

अध्यक्षमा हाङमा लावती,उपाध्यक्षहरुमा दिपा योङहाङ,किसन यक्सो,सन्देश नेम्बाङ,निबार्चित भएका हुन । सचिवमा सुरेन्द्र थेबे सह(सचिवमा सुल्तान ईधिङगो,कोषध्यक्षमा शुभ नेम्बाङ चयन भएका छन ।यसै गरि प्रचार,प्रसार तथा मिडिया प्रमुखमा मोहन साँबा,युवा तथा बिध्यार्थी प्रमुखमा भुवन बोखिम,शैक्षिक तथा प्रकाशन प्रमुखमा निर्मल मास्वा,भाषा, लिपि तथा सांस्कृतिक प्रमुख कल्पना थेगीमहरु चयन भएका छन त्यसरी नै सदस्यहरुमा डा। दिपेश लिम्बू,लोचन लिम्बू,सिक्कुम चोङवाङ,अच्विन सबेनहिम,जीवन सेर्मा,अनमोल खिम्दिङ,डा।रस्मा लिम्बू,रेखा लिम्बू,डेनिश,पालुङवा,मुक्ति लिम्बू,रेश्मी लिम्बू,सुनाम लाबुङ,केईहाङ लिम्बू,टेक माबोहाङ,शिखर सम्वाहाङफे,ललीत खोयाहाङ गरि ४० सदस्य समिति निर्बाचित भएका हुन ।याक्थुङ वेन्सा चुम्भो युकेका अध्यक्ष लाहाङ चेम्जोङको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङबोको प्रमुख आतिथ्य रहेको थियो ।


प्रमुख अथितिको हस्तबाहुलीबाट पानसमा दिप जलन गरेर सम्मेलन सुचारु गरिएको हो ।सम्मेलनमा याक्थुङ कुसा चुम्भोयुकेले गरेको प्रगति प्रतिबेदन प्रस्तुतसंगै यश याक्थुङ वेन्सा चुम्भो संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग र योगदान दिने ब्यक्तिहरुलाई प्रमुख अतिथिद्वारा प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा दिल सिङ मेन्याङबो,बिश्वासदिप तिगेला,बिजय पयाङगु र दिप्सन लिम्बुहरुलाई सम्मान गरिएको हो । भने सम्मेलन याक्थुङ वेन्सा चुम्भो युकेका अध्यक्ष लाहाङ चेम्जोङको अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सुरेन्द्र थेबेले संचालन गर्नु भएको थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo