सिक्कुम ज्ञानु फुरुम्बो चरपे÷युके आफ्ना पन पहिचान भाष,लिपी सास्कृतिक, भेषभुषा,कला कृतिहरुलाई संरक्षण गरौं याक्थुङ युवा पुस्ताहरु एक हौ भने हेतुले गठन भएको याक्थुङ कुसा चुम्भो युकेको सम्मेलन हुने भएको छ । आउँदो २९ जुन अर्थत शनिबारका दिन किरात याक्थुङ चुम्लुङ युकेको भातृ संस्थाको रुपमा गठन भएको याक्थुङ कुसा चुम्भोको प्रथम ऐतिहासिक सम्मेलन हुने भएको छ । युकेमा बसोबासा गर्दै आएका विभिन्न क्षेत्रमा आबद्व भएर काम गर्दै आएका बौद्विक ,समाजसेवी याक्थुङ लिम्बू युवा तन्नेरी पुस्ताहरुलाई गोलबन्द गरेर युवाहरुको जोस जागरलाई समेटेर लग्न साथै सम्पुर्ण याक्थुङ युवा तन्नेरीहरु एक ठाउमा आएर उभिएर युवाहरुको सैद्वान्तिक,बैचारिक, बिचार क्षमताहरुलाई स( समान गर्दै तथा चुम्लुङको नीति सिद्वान्त अनुरुप युवाहरुको क्षमता शक्तिलाई आफ्ना समुदायका लागि सेवा गर्दै जाने र आफ्न भाषा,लिपि,संस्कार,सास्कृतिक कला,कृति लगायत मौलिक पहिचान चिनारीलाई सरक्षण,सम्वर्द्वन बिकास,उत्थान,र प्रचार,प्रसार गर्दै जाने यो कुसा चुम्भोको लक्ष्य रहेको संयोजक लाहाङ चेम्जोङ बताउनु हुन्छ । कुसा चुम्भोको ऐतिहासिक प्रथम सम्मेलनलाई भब्य,सभ्य सम्पन्न गर्न लाहाङ चेम्जोङको संयोजकत्वमा १३ सदस्य सम्मेलन तयारी समित गठन गरिएको छ । किरात याक्थुङ चुम्लुङ युकेको चुम्लुङ देन मेडिस्टोनमा हुने सम्मेलन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ केन्द्र, किरात याक्थुङ चुम्लुङ शाखा लगायत युके भरि बस्ने याक्थुङहरुको बाक्लो उपस्थितिमा सम्मेलन समापन हुने आयोजक समितिले जनाएका छन । उक्त सम्मेलनले याक्थुङ कुसा चुम्भोको नव कार्य समिति पनि चयन गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ युकेको महाधिवेशन पनि चाडै हुन गईरहेको छ । चुम्लुङ केन्द्रको महाधिवेशन हुन अगाबै भातृ संस्थाको रुपमा गठन भएको कुसा चुम्भोको सम्मेलन गरिएको हो । कुसा चुम्भो भातृ संस्थाको गठन गरिएको ३ बर्ष भईसकेको छ ।