असार ३१ गते २०८३
09:36: PM
असार ३१ गते २०८३
09:36: PM

ताप्लेजुङका स्थातीय तहहरुले पाँच अर्ब भन्दा बढी बजेट सार्वजनिक

असार १२ गते २०८१
8:16 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको एक नगरपालिका सहित आठ गाउँपालिकाहरुले आर्थिक वर्ष २०८१÷८२ का लागि पाँच अर्व रुपैयाँ बराबरको बजेट ल्याएका छन् । गाउँ सभा अभिवेशन गर्दै सोमबार सबै स्थानीय तहरुले गाउँसभामा बजेट पेश गरेका छन् ।
फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ६६ करोड ७६ लाख बढिको बजेट सभामा पेश गरेको छ । नगरपालिका उपप्रमुख भिमादेवी ओझाले नगर सभाको १६औं अधिवेशनमा ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो । जसमा चालु खर्च तर्फ ४६ करोड ७ लाख ८२ हजार ५ सय ५१ रुपैयाँ र पूँजीगततर्फ २० करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । क्षेत्रगत विनियोजन बजेट तर्फ कुल बजेटको सामाजिक विकास तर्फ ३६ करोड ३५ लाख ५५ हजार ६९०, पूर्वाधार तर्फ १० करोड ५५ लाख, आर्थिक विकास तर्फ २ करोड १३ लाख ५५ हजार ९०० सुशासन र अन्तरसम्बन्धित क्षेत्र तर्फ १७ करोड ७२ लाख ६१ हजार ९५१ रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त खर्चहरूका लागि वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ८५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७८ लाख ६९ हजार ५५१, सशर्त अनुदान संघीय सरकारबाट ३० करोड ६७ लाख ५५ हजार रुपैयाँ बेहोर्ने अनुमान गरिएको छ । यस्तै विषेश अनुदान संघीय सरकारबाट १ करोड ५० लाख, समपूरक अनुदान संघीय सरकारबाट १ करोड, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ९५ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३ लाख ६४ हजार बेहोर्ने छ ।
साथै प्रदेश समपूरक अनुदानबाट १ करोड ३० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार र आन्तरिक स्रोतबाट ३ करोड ७६ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको नगारपालिकाले जनाएको छ ।
मेरिङदेन गाउँपालिकाको बजेट ४० करोड
मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट ४० करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङबाङले ४० करोड २० लाख ३० हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा वितिय समानिकरण अनुदान संघीय सरकारतर्फ १० करोड १ लाख, सशर्त अनुदान संघीय सरकार चालुतर्फ १७ करोड ९० लाख,संघीय शसर्त पुँजीगत अनुदान ७४ लाख, संघीय विशेष अनुदान ५० लाख, राजश्व बाँडफाड संघीय विभाज्यकोषमा ७ करोड ९७ लाख रुपैँयमा आय हुने अुनमान गरिएको छ ।
वित्तिय समानिकरण अुनदान प्रदेशतर्फ ६१ लाख ८६ हजार, सशर्त अनुदान प्रदेशतर्फ ५२ लाख ८३ हजार, प्रदेश सरकार समपुरक अनुदान ९६ लाख सवारी साधन कर बाँडफाड ३३ लाख ६१ हजार, गत आर्थिक वर्षको मौजदात १२ लाख, आन्तरिक स्रोत ५२ लाख रुपैँया आय हुने अनुमान गरिएको छ ।
उक्त बजेटको व्ययतर्फ सामाजिक विकासका लागि २ करोड ४४ लाख ५० हजार, आर्थिक विकासतर्फ ३५ लाख, पुर्वाधार विकासतर्फ ९ करोड २३ लाख ३६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रशासनिक, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड ३० लाख ६१ हजार, संघिय शसर्त चालुतर्फ १७ करोड ९० लाख, संघीय शसर्त पुँजीगततर्फ १ करोड २४ लाख, प्रदेश सशर्त चालुतर्फ १७ लाख ८३ हजार, प्रदेश सर्शत पुँजीगततर्फ ३५ लाख, प्रदेश समपुरकतर्फ ९६ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
मैवाखोला गाउँपालिकाको बजेट ४५ करोड १९ लाख
े मैवाखोला गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कुल बजेटमध्ये चालूतर्फ २६ करोड ५० लाख ९८ हजार २३२ रुपियाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ४५ हजार ८०० रुपैयाँ रहेको छ ।
आगामी आवका लागि गाउँपालिकाले ल्याएको बजेटको स्रोतमा संघीय सशर्त अनुदानततर्फ १६ करोड ६० लाख ७२ हजार, वित्तीय समानीकरणतर्फ नौ करोड ३३ लाख, राजस्व बाँडफाडतर्फ छ करोड ९६ लाख र विशेष अनुदानको एक करोड ८० लाख रुपैयाँ रहेको छ ।
यस्तै प्रदेश वित्तीय समानीकरणतर्फ ५५ लाख ४९ हजार, सशर्त अनुदानतर्फ ४७ लाख २२, राजस्व बाँडफाडको २२ लाख र समपुरक अनुदानतर्फ एक करोड रुपैयाँ बजेट रहेको छ । गाउँपालिकाको बजेटअन्तर्गत नै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एचपिएफ र जिडब्लुटीमार्फत तीन करोड ७१ लाख १२ हजार ३३२ रुपैयाँ रहेको छ ।
सिरिजङ्घाको बजेट ५३ करोड भन्दा बढी
सिरिजंघा गाउँपालिकाले सोमबार पालिकाको केन्द्र तल्लोकमा उपाध्यक्ष डाक्टर चित्र मावोले ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । गाउँपालिकाको चालुतर्फ खर्च ९ करोड २४ लाख ४३ हजार ८ सय, आर्थिक विकासतर्फ २ करोड, सामाजिक विकासतर्फ ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैँया, पुर्वाधार विकासतर्फ ४ करोड २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २० लाख, समपुरक कोषतर्फ ९० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
आठराई त्रिबेणीको कुल बजेट ५० करोड ५४ लाख
आठराई त्रिबेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१÷८२ का लागि ५० करोड ५४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न भएको वर्षे अधिवेशन तर्फ पालीका उपाअध्यक्ष सान्ताकुमारी आङबुहाङले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले बित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार रुपैयाँ बिनियोजन गरेको छ । बित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ स्रोत व्यहोर्ने क्षेत्रको रुपमा राखिएको छ ।
बित्तीय समानीकरणबाट भौतिक पूर्वाधार तथा अन्य कार्यक्रम खर्च गर्ने प्रस्ताव गरिएको छ । यस्तै राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू खर्च र कार्यक्रम खर्चतर्फ बिनियोजन गरिएको छ । संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ ।
साथै संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ । यस्तै संघीय सरकारबाट प्राप्त बिशेष अनुदान वापतको १ करोेड ५० लाख रुपैयाँ धोद्रे खानेपानी आयोजनामा खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ । आन्तरिक आयतर्फ अनुमान गरिएको ३५ लाख रुपैयाँलाई निःशुल्क बिद्युत कार्यक्रममा खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।
पालिकाले गतबर्षको नगद मौज्दात ८ करोड ७२ लाख गरी कूल ९ करोड ७ लाख ७० हजार रुपैयाँलाई कूल आन्तरिक आय मानेर शीर्षकगत कार्यक्रम तय गरेको छ ।
मिक्वाखोला गाउँपालिकाको बजेट ३७ करोड
मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ३७ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष डण्डु लामाले ३७ करोड ४७ लाख ३२ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो ।
जसमा चालुतर्फ ८ करोड ५२ लाख ८९ हजार, सशर्त अनुदानतर्प १३ करोड ५६ लाख ७४ हजार रुपैँया रहेको छ । त्यस्तै पुँजीगततर्फ ८ करोड ६६ लाख १८ हजार, विशेष अनुदान २ करोड ९० लाख, समपुरक अनुदान २ करोड ३० लाख रुपैँया र आन्तरिक आय ३८ लाख रुपैँया हुने अनुमान गरिएको उपाध्यक्ष लामाले बताउनुभयो ।
पाथीभरा याङ्वरक गाउँपालिकाले ४६ करोड ७७ लाख ४४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाको आगामी आवको बजेट ४६ करोड रुपियाँ रहेको छ । फक्ताङ्लुङ गाउँपालिकाको आगामी आवको बजेट ४६ करोड रुपियाँ रहेको छ । त्यस्तै सिदिङवा गाउँपालिकाले ४२ करोड ६४ लाख १५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo