निरन्तर वर्षाका करणले ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौ परिवार विस्थापित भएका छन् । गत बुधमार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पु¥याउँदा दर्जनौं परिवार विस्थापित भएका हुन् ।
प्रहरीका अनुसार शनिबार बिहान पहिरो जाँदा मिक्वाखोला गाउँपालिका–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतबीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन् । बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमल्निेगरी घरमा क्षति पु¥याउँदा उहाँहरुको परिवारले विस्थापित हुनुपरेको प्रनाउ रावलले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तीनजना लिम्बूका परिवारका सदस्यहरुले भागेर ज्यान बचाउन सफल भएका छन् भने पहिरोले गोठ र खोरसहित केही पशुपन्छी बगाएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार नै बिहानको राति करिव २ बजेतिर गएको पहिरोले छ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले बिस्थापित हुनुपरेको छ । मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र बीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएका छन् ।
सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामाङ्खेका करिव तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको पनि कैलाश माबोले जानकारी दिनुभयो । यसैगरी याम्फदिनमा पनि दर्जन बढी परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।
गत बुधबार यता ताप्लेजुङमा पहिरोमा परी पाँच जनाको मृत्य भइसेको छ । त्यस्तै ५५ वटा पुशु चौपाया मरेका छन् । यसरी मनसुन पूर्णरुपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानी लगायतका संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भुवनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ वटामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा पर्दछन् ।..
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
