ताप्लेजुङको पाथीभरा(मुकुम्लुङ) क्षेत्रमा वृक्षारोपण अभियानमा पहिलो र दोस्रो दिनमा करिब १० हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा अभियानमा २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण गर्न लक्ष्यका साथ अभियान सुरु गरेका हुन ।
विहिबार गुराका प्राजाती, धुपी, चिमल, रौट सालहा, चाप लगायतका १० हजार विरुवा रोपिएको अभियानन्ता सरोज कङलिवाले बताउनभयो । उहाँका अनुसार ४५० जना अभियानकर्मीहरुले सो बराबरको बिरुवा रोपिएको हुन ।
वृक्षारोपणका लागि आवश्यक पर्ने नर्सरी जिल्ला स्थित रहेको सामुदायिक वनमा रहेका नर्सरीर्फाम, वन कार्यालय अन्तरगत रहेका नर्सरीमार्फहरुबाट विरुवार खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षारोपणको अभियान थलेको केबलकार निर्माण खारेजी संर्घष समिति संयोजक खगेन्द्र फेम्बूले बताउँनुभयो ।
उहाँले भन्नुयो“विहिबार सेवा पूजा सहित वृहत्त वृक्षारोपण गर्ने अभियान सुरु गरेका छौं । आउँदो आसार १५ गते सम्म वृक्षारोपणको अभियान सञ्चालन गर्न निर्णय गरेका छौ । सोही अनुसार अभियान चल्ने छ ।
पाथीभरामा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरिएको थियो । राष्ट्रिय फुल गुराँ कटान गरेको भन्दै समितिले विरोध गरेको थियो ।
कटान गएको क्षेत्रहरुमा वृक्षारोपणको अभियान सञ्चालन गरिएको फेम्बूले बताउनुभयो । विगत चार वर्ष अगाडी पाथीभरा क्षेत्रमा आगलागी भएको थियो ।
उक्त आगलागीबाट नष्ट भएको बनजंगल अझै बोट बिरुवा हुर्कन सकेको छैन । त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने समितिले जनाएको छ । वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि त्यस्तै जिम्मेवार हुने समितिले जनाएको छ ।…