खेजेनिम पहिरो अपडेट ःमृतकहरुलाई सुरक्षित स्थानमा निकालियो, घाईतेलाई थप उपचारका लागि रेफर
Phaktanglung Darpan
असार १ गते २०८१
9:13 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—२ खेजिनिममा तिङ्दुमा गाउँमा गए रात पहिरोमा परी मृत्यहुनेलाई सुरक्षित स्थान निकालिएका छन् । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकाहरुलाई सुरक्षित स्थानमा निकालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मुत्यु हुनेमा ७० वर्षका राम बहादुर साम्रा ५१ वर्षकी जसमाया लिबाङ साम्रा, १० वर्षीय जुम्लिया गंगा र जमुना पहिरोले परिएर मृत्यु भएका हुन । घाइते वर्ष ४० का युगेन लिम्बू र उहाँका ३ वर्षीय छोरीलाई सिंवा स्वास्थ्य चौकीबाट थप उपचारका लागि जिल्ला अस्तालमा रेफर गरिएको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्राका बुवाआमा र दुई जुम्लया बहिनीको पहिरोले परिएर मृत्यु भएका हुन । घरमा सुतिहेका अबस्थितमा गएराती करीब १ः३० बजेको समयमा घर माथीबाट आएको पहिरोले घरसंगै एकै परिवारको चार जनाको मृत्युभएको प्रहरीले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–२ वडा अध्यक्षका अनुसार पहिरोमा परेर मृत्य भएकाहरुलाई पहिरोबाट सुरक्षित स्थानमा निकालिएको बताउनुभयो । थप उद्दारको लागी फुङलिङ नगरपालिका—१० मित्लुङ हाईड्रोपावर सुरक्षाको लागी खटिएको नेपाली सेनाको शुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरिक्षक तथा सूचना अधिकारी कमल कुमार लुङगेली टोली खटिएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङले जनाएको छ । . ढुङगा माटोले बनेको टिनको छानो भएको २ तलेघर माथीबाट झरेको पहिरोले घर पुरि घरमा सुतेको अवस्थामा पहिरोले पुरेर मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । मृत मानिस र चौपाया निकाली शुरक्षित राखिएको घर भित्र रहेको सम्पुर्ण धनमाल पुर्णरुपमा क्षती भएको पहिरो बाट निकाल्ले कार्य भईरहेको पहिरोले तत्काल अन्य जोखिम नरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै एउटा खसि र २ वटा बोख समेत पहिरोले बगाएको प्रहरीले जनाएको छ । गत बुधबार रात वर्षासंगै भएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा स्थायी मोटर पुलहरु बगाएसंगै सडक अवरुद्ध भएको छ । …