श्रावण १ गते २०८३
06:09: PM
श्रावण १ गते २०८३
06:09: PM

खेजिनेममा पहिरोमा परी एकै परिवारको चार मृत्यु, दुई घाईते

असार १ गते २०८१
6:22 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—२ खेजिनिममा गए रात वर्षासंगै गएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृतु भएको भने दुई घाइते भएका छन् । राँतको साढे १ बजे वर्षासंगै आएको पहिरोमा परेर सो परिवारको मृत्यु भएको हुन ।
मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका—२ खेजिनिमका ६९ वर्ष राम बहादुर साम्रा लिम्बू, उहाँका श्रीमीत जसमाय साम्रा लिम्बू र दुई छोरी वर्ष ९ का गंगा र जमुनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिका—२ का वडा अध्यक्ष भूपेन्द्र चौचलागाईले जानकारी दियो । उहाँका अनुसार मृत्यु हुने फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष विकास साम्रा लिम्बूका बुवाआमा र दुई बहिनी रहेका छन् । त्यस्तै घाइते हुनेमा वर्ष ४० का युगेन लिम्बू र उहाँका ३ छोरी घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी घटना स्थलमा प्रथान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचाना अधिकारी कमल कुमार लुङगेलीले बताउनुभयो ।
गत बुधबार रात वर्षासंगै भएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा स्थायी मोटर पुलहरु बगाएसंगै सडक पुरै अवरुद्ध भएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo