‘शैक्षिक रूपान्तरणमा नयाँ सोच’ निर्माणका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मैवाखोला गाउँपालिकाले साझा संकल्प पत्र जारी गरेको छ । गाउँपालिकाले सुक्रबार र सनिवार बृहत्त शैक्षिक सम्मेन गरेर शैक्षिक गुणस्तर सुधार गर्नका लागि साझा संकल्पपत्र तयार गरेको हो ।
मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङका अनुसार शिक्षा क्षेत्रका विज्ञ,विद्यालय व्यवस्थापन समित, प्रधानध्याप, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी, तथा शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवालहरुको परार्मशका आधारमा साझा संकल्प पत्र जारी गरेको छ । संकल्प पत्र अनुसार गाउँपालिकामा कार्यरत शिक्षक,कर्मचरी र जनप्रतिनिधिहरुको छोरा छोरी सामुदायिक विद्यालयमै भर्ना गराउँने संकल्प गरेका छन् । मातृभषाको संरक्षण तथा सवर्धन गर्दै राष्ट्रिय माध्यम भाषा नेपालीमा पारङ्गत बनाउँदै अंर्गेजी माध्यमबाट पठनपाठन गर्ने संकल्प गरेका छन् । प्राविधिक शिक्षा तथा नव प्रवर्तनका कक्षा संञ्चालन गर्र्ने । कक्षा ९ देखि माथी पढ्दै कमाउँदैहारिक सिकाई कार्यक्रम गर्ने साझा संकल्प गरेको गाउँपालिकाले जनाएको छ ।
नैतिक शिक्षा,संस्कति तथा मौलिकताको जगेर्ना गर्ने कार्यक्रमलाई विद्यालयमा प्राथमिताका साथ संञ्चालन गर्ने संकल्प पत्रमा उल्लेख छ । कमजोर सिकाई उपलब्धी भएको विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने कार्यक्रम संञ्चालन गर्ने संकल्पपत्रमा उल्लेख गरेका छन् । अभिभावक तथा समुदायलाई विद्यालयमा जोड्दै अभिभावकसंक घरदैलो तथा अभिभावक शिक्षा कार्यक्रम गर्ने संकल्प गरेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो ।
समूहगत छलफलमा विद्यालय शिक्षक, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शैक्षिक गुणस्तर सुधारका लागि सक्रिय विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, अभिभावक र शैक्षिक अगुवाहरूको सुझाब अनुसार गाउँपालिकाले संकल्प पत्र तयार गरेको शिक्षा शाखाका प्राविधिक अर्जुनकुमार घिमिरेले बताउनुभयो । शैक्षिक गुणस्तर दिनप्रतिदिन खस्कदै गएको अवस्थामा त्यसको सुधारका उपायहरूको खोजीका लागि शैक्षिक सम्मेलन आयोजना गरे समुदायिक विद्यालय सुधार गर्न साझा संकल्प गरेको मैवाखोला गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत लक्ष्यमी माया गोम्देनले बताउनुभयो । गाउँपालिकाले शैक्षिक सुधारका लागि योजना निर्माणमा संलग्न विज्ञहरू समेतको सहभागिताको आधारमा वृहत्त शैक्षिक योजना निर्माणको अवधारणा अघि सारेको हो ।
सिकाइ सुधारका विधि तय गर्न आयोजना गरिएको शैक्षिक सम्मेलन नतीजा सहितको हुने र जारी संकल्प पत्रमा सहस्तक्षर गरेको मैवाखोला गाउँपालिकाले जनाएको छ । साझा संकल्प शैक्षिक सुधारको अध्यायमा उचित कार्यान्वयन गर्ने पालिका प्रतिबद्धता अध्यक्ष वनेमले बताउनुभयो ।…
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
